Skip to content
Shikhar Insurance
National Life

युद्ध चर्किएसँगै भारतमा २४ विमानस्थलमा उडान बन्द

Hyundai
NCELL
NIMB

काठमाडौं । भारतले आणविक–सशस्त्र प्रतिद्वन्द्वी पाकिस्तानसँगको लडाइँपछि उत्तरी क्षेत्रका २४ विमानस्थलमा नागरिक उडानहरू स्थगित गरेको छ ।

भारतले बुधबार ‘आतङ्कवादी शिविरहरू’ लाई लक्षित गर्दै हवाई आक्रमण सुरु गरेपछि र दशकौँमा यी दुई छिमेकीबीच सबैभन्दा खराब झडपहरू भड्किएपछि मुख्यतया पाकिस्तानमा झण्डै ५० जनाको मृत्यु भएको छ ।

बिहीबार राति भारतीय सरकारले २४ विमानस्थलको सूची जारी गरेको छ । त्यहाँ नागरिक उडानहरू बन्द गरिएका छन् । ती विमानस्थल पाकिस्तानसँगको पश्चिमी सीमा नजिकका जोधपुर, लुधियाना र अमृतसर जस्ता सहरहरूमा रहेका छन् ।

एयर इन्डिया, इन्डिगो र स्पाइसजेट जस्ता भारतका केही ठूला एयरलाइन्सले बुधबारदेखि एक सयभन्दा बढी उडान रद्द गरिसकेका छन् । स्थानीय मिडियाले नागरिक उडानको निलम्बन शनिबार बिहान हटाइने सम्भावना रहेको रिपोर्ट गरेका छन् ।

भारतीय एयरलाइन्सहरूले अन्य विमानस्थलहरूबाट उड्ने यात्रुहरूलाई सुरक्षा उपायहरू बढाउने सरकारी सूचना उल्लेख गर्दै प्रस्थानभन्दा कम्तीमा तीन घण्टा अगाडि आइपुग्न अनुरोध गर्दै सल्लाह जारी गरेका छन् । बुधबारको आक्रमणहरू नयाँदिल्लीले विवादित काश्मीरको भारत प्रशासित भागमा पर्यटकहरूमाथि भएको आक्रमणलाई समर्थन गरेको आरोप इस्लामाबादमाथि लगाएको दुई हप्तापछि आएको हो ।

उक्त आरोपलाई पाकिस्तानले अस्वीकार गरेको छ । त्यसयता मुख्य प्रतिद्वन्द्वीहरूले काश्मीरमा आफ्नो विवादित सीमा पार गरेर ड्रोन र क्षेप्यास्त्रहरूका साथै तोप चलाएका छन् । हिंसाले छिमेकीहरू बीच व्यापक सङ्घर्षको डर बढाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्