Skip to content
Shikhar Insurance
National Life

एनसेलको पहिलो ‘एनसेल सप इन सप’ भैरहवामा

Hyundai
NCELL
NIMB

काठमाडौं । एनसेलले आफ्नो ग्राहक सेवालाई थप विस्तारित गर्दै नयाँ अवधारणाका साथ ‘एनसेल सप इन सप’ संचालनमा ल्याएको छ । कम्पनीले आफ्नो पहिलो सप इन सप एनसेलले भैरहवामा आजबाट संचालनमा ल्याएको छ ।

भैरहवाको मैलावरमा रहेको एनसेलको आधिकारिक खुद्रा विक्रेता न्यू लुम्बिनी ए टू जेड मोबाइलसँगको साझेदारीमा एनसेलले आफ्नो यो पहिलो सप इन सप संचालन गरेको हो । एक कार्यक्रममाझ बिहीबार एनसेलका चीफ अफ स्टाफ स्टिवन रोड्रिगेजले यो एनसेल सप इन सपको उद्घाटन गरेका थिए ।

सप इन सपबाट ग्राहकहरुले एनसेलका सेवा, सुविधा सम्बन्धी साधारण सोधपुछदेखि सम्पूर्ण सेवाहरु एनसेल सेन्टरहरूबाट जस्तै गरी लिन सक्छन् । ग्राहकहरूले सिम लिने, रिचार्ज गर्ने, केवाईसी अपडेट गर्ने, सिम स्वामित्व पुन: प्रमाणिकरण गर्ने, लोकप्रिय सधैं अन रिन्यूअल जस्ता प्याकहरु, सेवा, सुविधा लिने, ईसिममा अपग्रेड गर्ने, इन्टरनेट सेटिङ मिलाउने लगायतका विविध ग्राहक सेवाहरू लिन सक्छन् ।

‘अब हाम्रा ग्राहकहरुले सबै ग्राहक सेवाहरु नजिकको पायक पर्ने सप इन सपबाटै लिन सक्नेछन् । आजबाट औपचारिक रुपमा संचालनमा आएको यो पहिलो सप इन सप एक उदाहरण हो । यस अवधारणा अनुरुप हामीले देशैभर विभिन्न स्थानहरुमा थप सप इन सपहरु संचालनमा ल्याउने योजना अनुसार काम गरिरहेका छौं जसले हाम्रो ग्राहक सेवा अझ विस्तारित र राम्रो बनाउने छ । हाम्रो थिम ‘हामी तपाईंकै लागि’को मूल मर्म अनुसार ग्राहकहरुलाई सेवा प्रदान गर्न सधैं प्रतिबद्ध छौं’ रोड्रिगेजले भने ।

रोड्रिगेजले उद्घाटनको अवसरमा सप इन सपमा आई ‘स्पिन एन्ड ब्हिल’ खेलेका अगन्तुकहरुलाई विभिन्न उपहारहरु पनि वितरण गरेका थिए । आइतबार देखि शुक्रबार हप्ताको ६ दिन यस सप इन सपले ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ ।

आफ्नो ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३३ वटा एनसेल सेन्टरहरु पनि संचालन गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्