काठमाडौं । अर्गा भगवती भेन्चर्स प्रालि र कुमारी क्यापिटल लिमिटेड बीच एक सम्झौता भएको छ । सम्झौतामा अर्गा भगवती भेन्चर्सका सञ्चालक समितीका अध्यक्ष कुशल थापा र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्र्माले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता अनुसार अर्गा भगवतीको नविकरणिय सौर्य परियोजनालाई संस्थागत परामर्श सेवाअन्र्तगत Way to listing मार्फत कम्पनीलाई सूचिकरण हुँदासम्म गर्नुपर्ने सम्पूर्ण कार्यहरु जस्तै, कम्पनी Conversion, सार्वजनिक निष्कासन लगायतका सम्पूर्ण कार्यहरु नियमक निकायहरुसँगको समन्वयमा पुरा गर्ने गरी कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
अर्गा भगवती भेन्चर्सले, हाल अर्घाखाँची जिल्लामा १० मेगावाटको नविकरणिय सौर्य उर्जा उत्पादनको निर्माण कार्य अनवरत रुपमा अगाडी बढाईरहेको छ ।
छोटो समयमा नै आयोजनाका सम्पूर्ण कार्यहरु सम्पन्न गरी विद्युत उत्पादनलाई राष्ट्रिय प्रसारण लाईन मार्फत वितरण गरी देशको आर्थिक समबृद्धीमा टेवा पुर्याउने र स्वच्छ वातावरण प्रवर्द्धन गर्ने लक्ष्य रहेको जानकारी कम्पनीका अध्यक्षले प्रकाश पारे ।
हालै मात्र वित्तीय व्यवस्थापनको रुपमा प्राइम कमर्सियल बैंक लिमिटेड मार्फत Financial Closure सम्पन्न गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्