Skip to content
Shikhar Insurance
National Life

सेयर बजारमा ज्वारभाटा, यस्तो छ साताको कारोबार

Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर काराेबारीका लागि उतार-चढावपूर्ण रहेकाे यो साता समग्रमा बजार भने ३७.८१ अंकले बढेको छ । साताकाे पाँचै दिन सेयर कारोबार भएपनि दुइ दिन बजार बढेपनि  तीन दिन भने बजार घटेकाे थियाे । साताकाे चाैथाे काराेबार दिन अर्थात बुधबार बजार ६२ अंकले बढेपनि बिहिबार भने त्याे लय कायम रहन सकेन । बजारमा भएकाे उच्च उतार चढाबले याे साता काराेबारीहरूले ज्वारभाटा सफरकाे अनुभव बटुलेका छन् ।

औषत रुपमा ३७ अंकले बजार बढेको यो साता १० करोड ६८ लाख २५ हजार १ सय ८७ कित्ता सेयर ४६ अर्ब ६६ करोड ३२ लाख ३४ हजार रुपैयाँमा कारोबार भएको थियाे ।

यस्तो रह्यो साताको कारोबार

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सेयर बजार सामान्य अंकले घटेको थियाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.४४ अंकले घटेर २६२०.३९ मा पुगेको थियाे । आइतबार ३ सय २२ कम्पनीको २ करोड १९ लाख ५ हजार ३ सय ११ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २४ करोड ५५ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आइतबार ११७ कम्पनीको सेयर मूल्य बढ्दा १२८ कम्पनीको सेयर मूल्य घटेको थियो । साथै, आइतबार ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको थियो भने १ नेपाल लघुवित्तको सेयरमा नकारात्मक सर्किट लागेको थियो ।

त्यस्तै, साताको दोस्रो कारोबार दिन अर्थात् सोमबार पनि सेयर बजार सामान्य अंकले घटेको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.९८ अंकले घटेर २६१०.४० अंकमा पुगेको थियो । सोमबार ३१९ कम्पनीको १ करोड ८४ लाख ३७ हजार ९ सय ४२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड ४१ लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार ८६ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको सेयर मूल्य घटेको थियो भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो । सोमबार ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो भने १ कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको थियो ।

साताको तेस्रो कारोबार दिन अर्थात् मंगलबार सेयर बजार झिनो अंकले बढेको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.०३ अंकले बढेर २६११.४३ मा पुगेको थियो । मंगलबार ३१८ कम्पनीको २ करोड ५ लाख ४२ हजार ७ सय ६४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७४ करोड ७६ लाख ६८ हजार ८ सय ४६.३५ रुपैयाँको कारोबार भएको थियो ।

मंगलबार १२० कम्पनीको सेयर मूल्य बढ्दा १२६ कम्पनीको सेयर मूल्य घटेको थियो भने ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट र १ कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको थियो ।

त्यसैगरी, साताको चाैथाे कारोबार दिन अर्थात् बुधबार भने सेयर बजारमा हरियाली नै छाएको थियो । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६२.२५ अंकले बढेर २६७३.६९ अंकमा पुगेको थियो । बुधबार ३०८ कम्पनीको २ करोड ७२ लाख ४५ हजार ४ सय ५९ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५१ करोड ८४ लाख ६ हजार ३५२.६४ रुपैयाँको कारोबार भएको थियो ।

बुधबार २२७ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको सेयर मूल्य घटेको थियो भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो । त्यस्तै, बुधबार ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको थियो भने न्यादी हाइड्रोपावरको सेयर ४.४३ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, साताको अन्तिम कारोबार दिन अर्थात् बिहिबार भने बजारले आफ्नो लय कायम राख्न सकेन । बिहिबार बजार दोहोरो अंक अर्थात १२.०४ अंकले घटेर २६६१.६४ मा पुगेको छ  । बिहिबार ३१५ कम्पनीको ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ६५ करोड १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहिबार न्यादी ग्रुप पावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ७८ करोड ४५ लाख ९६ हजार बढीको कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता सेयर मूल्य ३ सय ८८.५० रुपैयाँ रहेको छ । बिहिबार ९६ कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै, आज ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने सिन्धु विकास बैंकको सेयर ४.१५ प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्