काठमाडौं । बिहिबार साझ ५ बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार साँझ मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपिषदको बैठक बस्नेछ । आजको मन्त्रिपरिषद बैठकले राष्ट्र बैंकका गभर्नर नियुक्ति गर्ने बुझिएको छ । नेपाली काँग्रेसमा सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री ओलीले गभर्नर नेपाली काँग्रेसले प्राप्त गरिसकेको बताएका छन् । उनले राष्ट्र बैंकको गभर्नर बैंक भित्रैको कारणबाट ढिला हुन पुगेको बताएका छन् ।
नेपाली काँग्रेसको तर्फबाट राष्ट्र बैंकका निर्देशक डा. गुणाकर भट्टको नाम अघि सारेको छ । सो नाममा एमालेले पनि सहमति जनाएको बुझिएको छ । दुई दलबिच गभर्नर नियुक्तिको विषयलाई लिएर विवाद चर्किएपछि सरकार ढाल्नेसम्म चेतावनी दिएको थियो ।
गभर्नर बन्नका लागि डा. भट्टले राजिनामा दिइसकेका छन् । तर उनको राजिनामा राष्ट्र बैंकका कायम मुकायम गर्भनर निलम ढुङगानाले स्वीकृत गर्न अस्वीकार गरेकी छन् । गभर्नर नियुक्ति गर्न भन्दै २०८१ चैत ११ गते मन्त्रिपरिषदले सिफारिस समिति निर्माण गरेको थियो । समितिमा सुरुमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, पुर्व गर्भनर विजयनाथ भट्टराई र अर्थविद डा.विश्व पौडेल सदस्य थिए । पुर्व गर्भनर भट्टराईले गर्भनर नियुक्तिमा बिचौलिया हाबी भएको भन्दै राजिनामा दिएका थिए । उनको स्थानमा अहिले पुर्व गभर्नर महाप्रसाद अधिकारी सदस्य नियुक्त भएका छन् । तर हालसम्म पनि समितिको बैठक बस्न सकेको छैन ।
अहिलेसम्म के-के भयो ?
-राष्ट्र बैंक ऐनमा गभर्नरको पदावधि सकिनु १ महिना अगावै गभर्नर नियुक्ति गर्नुपर्ने व्यवस्था
-२०८१ फागुन २१ गते गभर्नर नियुक्त गर्न सिफारिस समिति गठन गर्ने विषयमा मन्त्रिपरिषद छलफल
-२०८१ फागुन २७ गते अर्थमन्त्रालय सम्वद्ध पदाधिकारीहरुको नियुक्ती सम्बन्धी मापदण्ड २०७३ संशोधन, ६५ वर्ष उमेर नाघेका व्यक्ति पनि गभर्नर नियुक्ति हुन पाउने नयाँ व्यवस्था
-गभर्नर सिफारिस समितिमा काँग्रेसले पनि सदस्य पाउनु पर्नेमा जोड
-२०८१ चैत ११ मन्त्रिपरिषदबाट गभर्नर सिफारिस समिति गठन अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा पुर्व गभर्नर विजयनाथ भट्टराई र अर्थविद विश्व पौडेल सदस्य
-२०८१ चैत १८ गते बालुवाटार पुगेर काँग्रेस सभापति देउवाले गर्भनरमा राजेन्द्र किशोर क्षेत्रीलाई नियुक्त गर्न दबाब
-२०८१ चैत २४ गते राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुङगानालाई कामु गभर्नरको जिम्मेवारी
-२०८१ चैत ३१ मा अधिवक्ताद्धय प्रतिभा उप्रेती र विशाल थापाले ६५ वर्ष उमेर नाघेका व्यक्तिलाई गभर्नर बनाउन नपाइने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता ।
-२०८२ बैशाख २ गते न्यायधिस नित्यानन्द पाण्डेयको एकल इजलासले तत्काल ६५ वर्ष उमेर पुरा भएको व्यक्तिलाई गभर्नर नियुक्ति नगर्न सरकारको नाममा अल्पकालिन अन्तरिम आदेश जारी।
२०८२ बैशाख २ गते ओलीलाई भेटेर बिचौलियाको मान्छे गभर्नर नबनाए सरकार बसमा छैन भन्दै अन्तिम चेतावनी
२०८२ बैशाख ३ गते संचार मन्त्री पृथ्वी सुब्बा गुरुङले गर्भनर विषयमा ओली-देउवाबिच सहमति भएको दाबी
-२०८२ बैशाख ५ गते गभर्नर नियुक्तिमा समहति जुटेको र सिफरिसमा पर्न राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टद्धरा राजिनामा
-२०८२ बैशाख ५ गते कार्यकारी निर्देशक भट्टको राजिनामा अस्वीकृत
-२०८२ बैशाख ७ गते नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा परिवार सहित थाइल्याण्ड प्रस्थान
-कार्यकारी निर्देशक भट्टको गभर्नर बन्न योग्यता नपुग्ने भन्दै अधिवक्ताद्धय प्रतिभा उप्रेती र विशाल थापाद्धरा सर्वोच्च अदालतमा पुरक निवेदन दर्ता
– २०८२ बैशाख ८ गते कार्यकारी निर्देशक भट्टको गभर्नर बन्न योग्यता नपुग्ने भन्दै अधिवक्ताद्धय प्रतिभा उप्रेती र विशाल थापाद्धरा सर्वोच्च अदालतमा पुरक निवेदन हेर्न नभ्याइनेमा
-२०८२ बैशाख ८ मन्त्रिपरिषदको बैठकमा गभर्नर विषयले प्रवेश नै पाएन ।
-गभर्नर सिफारिस समिति सदस्य विजयनाथ भट्टराईको राजिनामा
-२०८२ बैशाख १७ गते ६५ वर्ष माथिका व्यक्तिलाई गभर्नर नबनाउन सरकारको नाममा न्यायधिसद्धय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको अन्तरिम आदेशमा निरन्तरता, डा.गुणाकर भट्टको मुद्दामा प्रवेश नगर्ने
-२०८२ बैशाख १७ गते गभर्नर सिफारिस समितिमा पुर्व गभर्नर महाप्रसाद अधिकारी नियुक्त
-२०८२ बैशाख २३ काँग्रेस सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री ओलीले आफूलाई गभर्नर दिइसकेको दाबी, राष्ट्र बैंककै कारण गर्भनर नियुक्ति ढिलाई भएको आरोप
प्रतिक्रिया दिनुहोस्