Skip to content
Shikhar Insurance
National Life

उर्जा उत्पादकहरुले अख्तियार प्रमुखलाई आइतबार नै बुझाएका थिए कमिसन मागेको प्रमाण

Hyundai
NCELL
NIMB

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था(इप्पान)ले मंगलबार सार्वजनिक रुपमै आईपीओ निष्काशनमा आफुहरुसँग ५ देखि ७ प्रतिशतसम्म कमिसन मागेको भन्ने आरोप लगायो ।

नेपाल धितोपत्र बोर्डका अध्यक्षको हवाला दिँदै बिचौलियाहरुले त्यसरी कमिसन मागेको आरोप लगाउनु अघिसम्म उनीहरुले आईपीओ निष्काशनको अनुमति प्रक्रिया अघि बढाउन सहजीकरण गरिदिनु पर्यो भन्दै ठूला राजनीतिक दलका नेता र संसदीय समितिका सभापतिहरुलाई गुहारिसकेका थिए । उर्जा उत्पादकहरुले स्वयं प्रधानमन्त्री केपी ओलीलाई समेत भेटेर अनुमति प्रक्रिया अघि बढाउने वातावरण बनाईदिन अनुरोध गरेका थिए ।

सबै तिरबाट ‘सहयोग’को आश्वासन प्राप्त भैरहेको थियो काम अघि बढिरहेको थिएन् । उता, बिचौलियाहरुका तर्फबाट कमिसनका लागि निरन्तर दबाव आईरहेको थियो । ‘बिचौलियाहरुले कमिसनका लागि दबाव मात्रै दिईरहेका थिएनन्, नेता, मन्त्री र प्रधानमन्त्री कहाँ गएर पावर देखाउने ? हामीले नचाहेसम्म काम हुँदैन, अब कमिसन बढाउनुपर्छ’ भन्दै उल्टै धम्क्याईरहेका थिए ।

सबै तिरबाट निराशा मात्रै हात लागेपछि केहि उर्जा उत्पादकहरुले सुटुक्क छलफल गरे अनि प्रमाण जुटाउने तर्फ लागे ।

यसबिचमा उनीहरुले आईपीओ निष्काशनका लागि बिचौलियाहरुले कमिसन मागेका यथेष्ट प्रमाण संकलन गर्न सफल भए । प्रमाण जुटाएपछि उनीहरुले आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईलाई भेटेर सबै प्रमाण थमाए र कारवाहीका लागि अनुरोध । अख्तियारलाई प्रमाण बुझाएपछि मात्रै उनीहरुले सञ्चार माध्यमहरुलाई कमिसन मागिएको बिषयमा जानकारी गराएका थिए । ‘हामीले चार दिन अघि नै अख्तियारका प्रमुख आयुक्तज्यूलाई भेटेर यथेष्ट प्रमाण बुझाएका छौं, अब उहाँले के गर्नुहुन्छ ? हामी प्रतिक्षामा छौं ।’, एक उर्जा उत्पादकले सिंहदरबारसँग भने ।

उर्जा उत्पादकहरुले आफुहरुसँग कमिसन मागिएको अडियो, भिडियो र केहि मेसेजहरु समेत अख्तियार प्रमुख राईलाई उपलब्ध गराएको बताएका छन् । ‘हामीले आवश्यक प्रमाण बुझाएपछि उहाँले छानविन गरेर कारवाही गर्छु भन्नु भएको थियो, हामी विकास बिरोधी र कमिसनखोरलाई कारवाही भएको हेर्न प्रतिक्षा गरिरहेका छौं ।’, ति उर्जा प्रवद्र्धकले सिंहदरबारसँग भने ।

उनले धितोपत्र बोर्डमा दुई चार लाख कमिसन सामान्य जस्तै भएपनि अहिले आएर करोडौंको माग हुन थालेपछि आफुहरु आत्तिएको पनि बताए । ‘दुई चार लाख रुपैयाँ दिएर काम गराउने बिषय त सामान्य जस्तै भैसकेको थियो, अहिले त ४० करोडको आईपीओ निकाल्न ८–१० करोड कमिसन माग्न थालियो, अनि बाध्य भएर बिषय उजागर गर्ने तर्फ लाग्यौं ।’, ति उर्जा प्रवद्र्धकले अघि थपे ।

बुधबारको संसद बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटा र राप्रपा सांसद रोशन कार्कीले धितोपत्र बोर्डका अध्यक्ष माथि छानविन गरि कारवाही गर्न माग गरेका थिए ।

बोर्ड अध्यक्षमाथि छानविन गर्न सांसदका माग, ‘अर्थतन्त्रको ऐनामा कमिसनखोरको कुरुप अनुहार देखियो’

धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठ प्रति सञ्चालक सतर्क, छानविनबारे अर्थमा छलफल, अख्तियार पनि चनाखो

धितोपत्र बोर्डमा बिचौलिया आतंक-‘आइपीओ स्वीकृतिका लागि ७% सम्म कमिशन अनिवार्य’

GBIME

प्रतिक्रिया दिनुहोस्