Shikhar Insurance
National Life

सिटिजन्स बैंकको नाफा ३३.६१ प्रतिशतले बढ्यो, लाभांश क्षमता १२.४९ प्रतिशत

सिंहदरबार संवाददाता
२०७८ श्रावण १५, शुक्रबार ०८:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंकको नाफा ३३.६१ प्रतिशतले वृद्धि भएको छ । २७ बाणिज्य बैंकहरुमध्ये सबै भन्दा पहिले गत आर्थिक वर्ष चौथो त्रैमासिकसम्मको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेको बैंकले आफ्नो नाफा ४० करोड रुपैयाँले बढाउन सफल भएको हो । आर्थिक वर्ष २०७६।७७ मा एक अर्ब १९ करोड रुपैयाँ नाफा गरेको बैंकले गत आर्थिक वर्ष २०७७।७८ मा भने एक अर्ब ५९ करोड रुपैयाँ कमाउन सफल रह्यो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३३.६१ प्रतिशतले बढि हुन्छ ।

सिटिजन्सको वितरण योग्य नाफा नै एक अर्ब ५७ करोड रुपैयाँ रहेको छ । १२ अर्ब ५७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकका लगानीकर्तालाई सो नाफाबाट १२.४९ प्रतिशत लाभांश दिन पुग्छ । बैंकले कर्जा लगानी पनि ७८ अर्बबाट बढाएर एक खर्ब १८ अर्ब पुर्याएको छ भने निक्षेप ८८ अर्बबाट बढाएर एक खर्ब ४० अर्ब कायम गराएको छ । बैंकको जगेडा कोषको आकार पनि ३ अर्ब ३९ करोडबाट बढेर ४ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सिटिजन्सको प्रति सेयर आम्दानी १५ रुपैयाँ ३८ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १४८ रुपैयाँ ४९ पैसा छ । बैंकको आधार ब्याजदर ९.०४ प्रतिशतबाट घटेर ७.५५ प्रतिशतमा झरेको छ । स्प्रेडदर ४.०३ प्रतिशतबाट घटेर ३.५९ प्रतिशत कायम भएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्