Skip to content
Shikhar Insurance
National Life

नेपाल बीमा प्राधिकरणको बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न, बीमाको पहुँच अभिवृद्धि गर्नमा जोड

Hyundai
NCELL
NIMB

सुदूरपश्चिम । नेपाल बीमा प्राधिकरणले सुदूरपश्चिम प्रदेश कार्यालयबाट भजनी नगरपालिकासँग बीमा सम्बन्धी अन्तरक्रिया एवं छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

प्राधिकरणले प्रदेश तथा स्थानीय सरकार, बीमा कम्पनी, बैंकका तथा वित्तीय संस्था, लगायत आम नागरिकमा बीमा सम्बन्धी सचेतना जगाउन र बीमाको पहुँच अभिवृद्धि गर्नको लागि सो अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रम नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालयले कैलाली जिल्लाको भजनी नगरपालिकामा नगरपालिकाका प्रमुख केवल चौधरीको प्रमुख आतिथ्यता एवं नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुर्य बहादुर सिंहको अतिथ्यतामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रमा नगरपालिकाका प्रमुख केवाल चौधरीले भजनी नगरपालिका कैलाली जिल्लाकै धेरै बाढी डुवानयुक्त क्षेत्र भएकोले उक्त क्षेत्रको किसानलाई कृषि बीमा मार्फत कसरी रक्षावरण गर्न सकिन्छ भन्ने विषयमा जिज्ञासा राखेका थिए ।

कार्यपालिका सदस्य र पालिकामा कार्यरत कर्मचारीहरुको बीमा पालिकाबाटनै हुँदै आएको विषय उल्लेख गर्दै प्रमुखले बीमा दाबी भुक्तानीका सम्बन्धमा देखिएका समस्याहरूको निराकरण गर्नका लागि प्राधिकरणले सशक्त पहल गर्नुपर्ने र पालिकाभित्रका नागरीकको सम्पति तथा जीवनको आर्थिक रक्षावरणको लागि प्राधिकरणसँग समन्वय गरी अगाडी बढ्ने व्यहोरा समेत प्रष्ट गरे ।

कार्यक्रमको अन्तमा बोल्दै नगर प्रमुखज्युले सरल एवं सहज रुपमा बीमा दाबी भुक्तानी हुने व्यवस्था मिलाउन र बीमाप्रतिको आम नागरीको बीमाप्रतिको विश्वास बढाउन बीमा कम्पनीहरूले जिम्मेवारपुर्वक कार्य गर्नुपर्ने र प्राधिकरणले उक्त कार्यको प्रभावकारी नियमन गर्नुपर्ने वियषमा जोड दिन समेत सुझाव समेत दिए ।

कार्यक्रममा उपस्थितहरुले, दावी भुक्तानीमा प्रकियागत झन्झटि रहेको, बंगुर एवं पशुजन्य बीमा बजारमुल्य भन्दा न्युन मुल्यमा हुने गरेको, इन्जिनियरिङ्ग बीमाको डकुमेन्टेसनमा समस्या देखिएको, कोरोना बीमाको दाबि भुक्तानी हालसम्म हुन नसक्दा बीमा प्रतिको विश्वासमा ह्रास आएको लगायतका समस्या समस्याहरुलाई सहज रुपमा समाधान गर्न प्राधिकरणले समन्वयनकारी भुमिका निर्वाह गर्नुपर्ने विषयमा जोड दिएका थिए ।

कार्यक्रममा उठेका सवालहरुको जवाफ दिदै प्रधिकरणका प्रदेश कार्यालय प्रमुख केदार नाथ भट्टले बीमा कम्पनीहरुले आम नागरीकको विश्वास जित्न र बीमाप्रतिको धारणालाई सकारात्मक बनाउन क्षणिक लाभको पछी नलागी दिर्घकालिन सोचसहीत बीमा गर्न बीमकका शाखा प्रमुखहरुलाई सुझाव दिए ।

साथै, उनले पशुपन्छी एवं सम्पत्तिको बास्तविक मुल्यकै आधारमा बीमा गर्न बीमकका शाखा प्रमुखहरुलाई निर्देशन दिँदै बीमाको सम्बन्धमा कुनै समस्या परेमा प्राधिकरणको प्रदेश कार्यालयमा सम्पर्क गर्न समेत सहभागीहरुलाई आग्रह गरे ।

नेपाल सरकारबाट निकासा भएपछिमात्र कोरोना बीमाको दाबी रकम भुक्तानी हुने व्यहोरा अनुरोध गर्दै कार्यालय प्रमुख भट्टले पालिकासँग समन्वय गरी आवश्यक सहयोग गर्न प्राधिकरण सदैव तयार रहेको र सो कार्यको लागि पालिकाबाट बीमा सम्बन्धमा फोकल पर्सन तोकि आवश्यक समन्वय गर्न समेत आग्रह गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्