Skip to content
Shikhar Insurance
National Life

एफपीओ निष्कासन गर्न मातृभूमि लघुवित्तले माग्यो सेबोनसँग अनुमति

Hyundai
NCELL
NIMB

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) को अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ।

कम्पनीले साविक किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थासँग मर्जरपछि सेयर अनुपात मिलाउन एफपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ११ लाख ४९ हजार ९८२.५९८ कित्ता एफपीओ निष्कासन गर्न अनुमति मागेको छ । यसबाट कम्पनीले ११ करोड ४९ लाख ९८ हजार रुपैयाँ संकलन गर्नेछ ।

एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्