काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.०३ अंकले बढेर २६११.४३ मा पुगेको हो ।
मंगलबार ३१८ कम्पनीको २ करोड ५ लाख ४२ हजार ७ सय ६४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७४ करोड ७६ लाख ६८ हजार ८ सय ४६.३५ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार सानिमा माई हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ९२ करोड ८९ लाख ६२ हजार ७ सय ६६ रुपैयाँ कारोबार भएकोे छ । कम्पनीको प्रतिकित्ता सेयर मूल्य ६ सय १५ रुपैयाँ पुगेको छ ।
मंगलबार १२० कम्पनीको सेयर मूल्य बढ्दा १२६ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै, आज ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्