Skip to content
Shikhar Insurance
National Life

स्वर्णिम वाग्लेको प्रश्न-नीति तथा कार्यक्रममा अर्थतन्त्र सुधारको कुरा कतै उल्लेख छैन, दुई तिहाईको सरकारको चरित्र यस्तै नै हो त ?

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले सरकारको लय, चरित्र र सामथ्र्य स्पष्ट पारिदिएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उपसभापति वाग्लेले यस्तो टिप्पणी गरेका हुन् ।

उनले काँग्रेस–एमालेबीच भएको सात बुँदे सम्झौता समेत मजाकजस्तो भएको टिप्पणी गर्नुभयो । सरकार दुई दलबीचको सम्झौताअनुसार अगाडि बढ्न नसक्दा सम्झौतापत्रमा लेखिएका बुँदाहरु मजाकजस्तो भएको बताएका हुन् ।

उनले देशमा आर्थिक तथा प्राकृतिक संकट हुँदा मात्र देशका दुई प्रमुख दल मिल्ने परम्परा रहेपनि वर्तमान सरकारले जनतामा कुनै उत्साह दिन नसेको बताउँदै नीति तथा कार्यक्रममा सरकारले संविधान संशोधन र अर्थतन्त्र सुधारको कुनैपनि कार्यक्रम नराखिएको जनाए ।

सरकारको नीति तथा कार्यक्रमप्रति सत्तारुढ दलकै नेताहरु समेत सन्तुष्ट नरहेको उनको टिप्पणी छ ।

उनले भने, ‘देशका दुई ठुला राजनीतिक दल मिलेर सरकार चलाउँदा उत्साह हुनुपर्ने हो नि त्यस्तो छैन । देशमा ठूलो संकट हुँदा तथा आर्थिक वा प्राकृतिक प्रलय हुँदाखेरि गरिने प्रयोगको नतिजा के छ लगभग शून्य । सात बुँदे सम्झौतामा भनिएको थियो हामी हामी भ्रष्टाचार गर्दैनौं सुशासन इत्यादि । त्यो आज मजाक भइसकेको छ । आजभोलि टेलिभिजनमा कमेडि कार्यक्रमहरु चलेनन् भने कुनै मन्त्रीलाई उभ्याएर त्यो वाचन गर्न लगाइदिए हुन्छ । नीति तथा कार्यक्रममै संविधान संशोधनको एउटै बुँदा समावेश गरिएको छैन । र अर्थतन्त्रको सुधारको कुरा पनि कतै उल्लेख छैन । त्यसकारण यो दुई तिहाईको सरकारको लय र चरित्र, समाथ्र्य यस्तै नै हो त । यो नीति तथा कार्यक्रमले त्यस कुरालाई न्याय गरेको छ जस्तो लाग्छ त ? सत्तारुढ दलकै राजनीतिज्ञहरुसँग छलफल गर्दा ठूलो निराशा भएको मैले पाएको छु । अब यी खुद्रे, मसिना र परिक्षित घोषणाहरुमा नीति तथा कार्यक्रम रुमलिएको छ ।’

नीति तथा कार्यक्रमका आधारमा बजेट निर्माण गरि कार्यान्वयनमा जोड दिनुपर्ने वाग्लेको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्