काठमाडौं । सभामुख देवराज घिमिरेले सांसदहरुले संसदमा उठाएका प्रश्नहरुको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबाको बैठकमा सांसदहरुले सरकार सांसदहरुका प्रश्नको जवाफबाट भागेको भन्दै रुलिङको माग गरेका थिए । बैठकमा शुन्य समय सकिसकेपछि नागरिक उन्मुक्ति र जनमत पार्टीका सांसदहरु सभामा उठेर बिरोध जनाएका थिए ।
बिरोधपछि सभामुख घिमिरेले सरकारको प्रतिनिधि नभइ संसद अघि बढ्न नसक्ने र सरकारलाई जवाफदेही हुन रुलिङ गरे । तर संसदमा नागरिक उन्मुक्ति र जनमत पार्टीका सांसदहरुल उठेर बिरोध जनाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्