Skip to content
Shikhar Insurance
National Life

नजिकिँदै एमाले–माओवादी: बजेटबारे परामर्श भन्दै बिष्णु पौडेलले भेटे प्रचण्ड, ‘प्लान बी’ कोर्दै काँग्रेस

Hyundai
NCELL
NIMB

काठमाडौं । सत्ता गठबन्धनमा खटपटका प्रष्ट संकेतहरु देखा परेसँगै एमाले–माओवादी नजिकिन थालेका छन् । आइतबार संसदमा प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले भलाकुसारी गरेका थिए । त्यसको फोटो समेत भाइरल भैरहेको छ भने काँग्रेस वृत्तमा सो भलाकुसारीको फोटोले तरंग ल्याईदिएको छ । प्रधानमन्त्री केपी ओलीसँग प्रचण्डको भलाकुसारीको फोटो प्रधानमन्त्रीकै सचिवालयले उच्च प्राथमिकताका साथ सार्वजनिक गरेको थियो ।  त्यस अघि पनि बर्षमान पुनलाई लिएर प्रचण्ड सिंहदरबार प्रधानमन्त्री कार्यालय पुगेर ओलीसँग भेट गरेका थिए ।

सोमबार बिहानै अर्थमन्त्री समेत रहेका एमाले उपाध्यक्ष बिष्णु पौडेलले खुमलटारमै पुगेर माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् । यो भेटलाई बजेटबारे परामर्श गरेको भनेर प्रचार गरिएको छ ।

पछिल्लो समय एमाले र माओवादीका दोश्रो तहका नेताहरुले पनि सहकार्यका लागि छलफल अघि बढाईरहेका छन् ।

सोमबार अर्थमन्त्री पौडेलले प्रचण्डलाई भेटेपछि आफ्नो फेसबुकमा लेखेका छन्–‘उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आगामी आर्थिक वर्षको बजेटबारे परामर्श गर्नु भएको छ । २०८२ वैशाख २३’

नेपाली काँग्रेसका नेताहरुले पनि माओवादी र एमाले जुनसुकै समयमा मिल्न सक्ने भन्दै वैकल्पिक योजना बनाउन पार्टी नेतृत्वलाई दबाव दिईरहेका छन् । बिशेष गरि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीलाई लिएर एमाले र काँग्रेसबिच ठूलै दरार उत्पन्न भैरहेको छ । काँग्रेसले पनि आफ्ना उम्मेदवारलाई गभर्नर बनाउनै पर्ने अडान कसिरहेको छ भने एमालेले आफु सरकारको नेतृत्वकर्ता रहेको र अर्थमन्त्रालय पनि आफ्नो पार्टीको मातहतमा रहेकाले गभर्नर छाड्न नसकिने अडान राख्दै आएको छ ।

काँग्रेसका नेताहरुले नियुक्तीहरुमा एमालेकरण भएको आरोप लगाउँदै आएका छन् भने एमाले नेताहरुले पनि आफ्नै सरकारका पालामा पनि काँग्रेसले एकलौटी नियुक्ती लिईरहेको भन्दै असन्तुष्ठि पोख्दै आएका छन् ।

बजेट अघि नै सत्ता गठबन्धन परिवर्तन हुन सक्ने सम्भावना बढेपछि काँग्रेस र एमाले दुबैले माओवादी फकाउने रणनीति अख्तियार गरेका छन् । देउवाले पनि माओवादीसँग निरन्तर छलफल गरिरहेको स्रोतहरु बताउँछन् । काँग्रेस र एमाले नै मुख्य राजनीतिक प्रतिष्पर्धी भएकाले उनीहरुबिचको सहकार्य एक अर्काका लागि फाइदाजनक हुनै नसक्ने निष्कर्षमा दुबै पार्टीको कोर टिम पुगिसकेको देखिन्छ ।

काँग्रेस सभापति शेर बहादुर देउवाले आफ्नो सिफारिसमा गभर्नर नियुक्त नगरे सरकार ढाल्ने चेतावनी केपी ओलीलाई दिएको तथ्य छिपेको छैन । गभर्नरका नाममा देउवाले आफुलाई धम्काएको निष्कर्षमा पुगेका ओलीले पनि गभर्नर नियुक्ती प्रक्रिया रोकिदिएका छन् । काँग्रेसले सरकार छाड्ने कन्फर्म भएमा ओलीले आफु अनुकुलका पात्रलाई गभर्नर नियुक्त गर्नेछन् । गभर्नर नियुक्ती गर्नुअघि ओलीले काँग्रेससँगको सत्ता गठबन्धन निरन्तरताको सुनिश्चितता खोजेका छन् । ‘आफु अनुकुल पात्रलाई गभर्नर नियुक्त गरेपछि काँग्रेसले गठबन्धन तोड्ने सूचना ओली समक्ष पुगेको छ । त्यसैकारण ओलीले गभर्नर नियुक्त रोकिराखेका हुन ।’

नेपाली काँग्रेसले पनि माओवादीसँगको सत्ता सहकार्यलाई ‘प्लान बी’का रुपमा अघि सारिरहेको स्रोतहरुले पुष्टि गरे ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्