Skip to content
Shikhar Insurance
National Life

हिमालयन एभरेष्ट इन्स्योरेन्सको बदमासी: बीमितलाई १२ प्रतिशत क्यास ब्याक अफर

Hyundai
NCELL
NIMB

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुबीच व्यापारमा कस्तो प्रतिष्पर्धा छ र उनीहरु के केसम्म गर्छन भन्ने नयाँ दृष्टान्त फेला परेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले बीमितलाई १२ प्रतिशतसम्म क्यास ब्याक अफर गरेको छ ।

हेटौँडाको एक सिमेन्ट उद्योगसँग हिमालयन एभरेष्टको उच्च तहका अधिकारीहरुले १२ प्रतिशतसम्म क्यास ब्याक अफर गरेका हुन् ।

सिंहदरबारलाई प्राप्त विवरण अनुसार हालसम्म अर्काे कुनै निर्जीवन बीमा कम्पनीले गरिरहेको सो बीमामा यसपाली हिमालयन एभरेष्टले आँखा लगायो । हिमालयन एभरेष्टको उच्च तहका दुई कर्मचारीहरु सो कम्पनीसँग बीमाका लागि छलफल गर्छन र सो छलफलमा आफ्नो कम्पनीमा बीमा गराएमा प्रिमियमको १२ प्रतिशतसम्म क्यास ब्याक दिने अफर गर्छन् ।

हिमालयन एभरेष्टका तर्फबाट १२ प्रतिशतसम्म क्यास ब्याक अफर आएपछि सिमेन्ट उद्योगले हालसम्म बीमा गराईरहेको कम्पनीलाई सो अफरबारे जानकारी गराउँछन् ।

तर साविकको बीमकका सीईओले हिमालयन एभरेष्टको क्यास ब्याक अफर सम्बन्धी सूचना नेपाल बीमक संघको ह्वाटस्एप ग्रुपमा पठाउँछन् ।

१२ प्रतिशतसम्म क्यास ब्याक दिने अफर सम्बन्धी सूचना कम्पनीका सीईओहरुको ग्रुपमा आएपछि निर्जीवन बीमा क्षेत्रमा यसले तरंग नै उत्पन्न गरेको छ । ‘१२ प्रतिशत क्यास ब्याक दिने प्रस्ताव गरिएको रहेछ, अझै त्यो भन्दा पनि अघि बढेर अरु २.५ प्रतिशत अतिरिक्त कमिसन पनि दिने भनिएको रहेछ, यो एउटा कम्पनीको व्यापार अर्काेले खोस्ने कुरा मात्रै रहेन, यो त हाम्रो विश्वसनियता र सुशासनको बिषय पनि हो ।’, एक निर्जीवन बीमा कम्पनीका सीईओले सिंहदरबारसँग भने ।

एता, नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता सुशिलदेव सुवेदीले क्यास ब्याक सम्बन्धी कुनै व्यवस्था नभएको र त्यस्तो गर्ने कम्पनीमाथि कारवाही हुने बताए । ‘त्यस्तो क्यास ब्याक दिन पाउने कुनै व्यवस्था छैन्, प्रमाण फेला पर्यो भने हामी कारवाही गर्छाै ।’, प्राधिकरणका प्रवक्ता सुवेदीले सिंहदरबारसँग भने ।

पछिल्लो समय बीमा कम्पनीहरुबीच प्रिमियममा रेट कटिङदेखि अण्डर टेबल डिलको मात्रा बढ्दै गएको आरोप लागिरहेको छ । त्यसमा पनि हिमालयन एभरेष्ट इन्स्योरेन्स भने त्यस्तो अनुशासन बाहिर गएर बिजनेश गर्ने कम्पनीहरुको अग्रपंक्तिमै पर्दै आएको आरोप छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्