काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.६२ अंकले घटेर २६१०.७६ मा पुगेको हो ।
सोमबार ३१९ कम्पनीको १ करोड ८४ लाख ३७ हजार ९ सय ४२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड ४१ लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार राधी विद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ७६ करोड ५ लाख ८१ हजार २२०.८० रुपैयाँको कारोबार गरेको छ । कम्पनीको प्रतिशत सेयर मूल्य ७ सय रुपैयाँ पुगेको छ ।
सोमबार ८६ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । सोमबार ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्