Skip to content
Shikhar Insurance
National Life

‘दुई तिहाइको सरकार एउटा गभर्नर नियुक्ति गर्न सकेको छैन’-प्रचण्ड

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइको बलियो सरकारले एउटा गभर्नर नियुक्ति गर्न नसकेको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममा आफ्नो धारणा राख्दै बिचौलियाकै कारण सरकारले गभर्नर नियुक्त गर्न नसकेको बताएका हुन् ।

प्रचण्डले भने, “दुई तिहाइको सरकार महिनादिन देखी राष्ट्र बैंकको गर्भनर नियुक्त गरेको छैन, राजनितिक संयत्रमै बसेका व्यक्तिले प्रधानमन्त्रीको बेडरुमसम्म को पुगेको बताएका छन् । यसैबाट थाहा हुँदैन र सरकारले कसको लागि काम गरेको छ ।”

आफ्नो सरकार ढल्ने बेलामा नै यो सरकार बिचौलियाहरुले बनाएको हो भन्दा सत्ता छाड्दाको छटपटी भएको आरोप खाएको प्रचणडको भनाई छ । सरकार पुर्ण रुपमा बिचौलिया र माफियाहरुको सेवामा तल्लिन रहेको आरोप उनको छ ।

प्रचण्डले ओली सरकारले भ्रष्टहरुको संरषक्ष भएको पनि आरोप लगाए । भ्रष्टहरुको संरक्षण गरेकै कारण देश फाइनान्सिल एक्सन टास्क फोर्सको ‘ग्रे’ सूचिमा परेको आरोप लगाए । सरकार आफ्नै बोझले ढल्ने प्रचण्डको दाबी छ । उनले थपे, “प्राविधिक रुपमा सरका ढलेको छैन । तर जनताको मनबाट सरकार ढलिसकेको छ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्