काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी आर्थिक वर्षको बजेटबारे परामर्श गरेका छन् । आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा काँग्रेस सभापति देउवालाई खुशि पार्न मन्त्री पौडेल बुढानिलकण्ठ पुगेका हुन् ।
सोमबार बिहान बुढानिलकण्ठस्थित देउवा निवास पुगी उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले काँग्रेस सभापति देउवासँग बजेटबारे परामर्श गरेको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ । केहि समयअघि सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा अधिक बजेट पार्ट केहि सहसचिवहरु खटाएका थिए । सोहि रिपोर्ट लिएर मन्त्री पौडेल बुढानिलकण्ठ पुगेका हुन् ।
२०८४ मा हुने निर्वाचनमा दुबै नेतालाई चुनाव नहार्नेगरी बजेट पार्न अर्थ मन्त्रालयले गृहकार्य गरेको छ ।
सो अवसरमा सभापति देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम् सदुपयोग हुनेगरी बजेट निर्माण गर्न सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्