Skip to content
Shikhar Insurance
National Life

नेपाल माइक्रो इन्स्योरेन्सकाे साधारणसभा जेठ १६ गते, के-के छन् एजेन्डा ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले दोस्रो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीकाे बैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले जेठ १६ गते चितवनको भरतपुरस्थित भरतपुर गार्डेन रिसोर्टमा सभा बस्ने निर्णय गरेको हो ।

सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट पेस हुने गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले गत आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीसहितको वित्तीय विवरण अनुमोदन गर्नेछ।

सभाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ। सभाले सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्नेछ । सभाले सञ्चालकहरुको बैठक भत्ता, दैनिक भ्रमण भत्ता तथा अन्य सेवासुविधा स्वीकृत गर्नुका साथै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको खर्च अनुमोदन गर्ने कम्पनीले जनाएको छ ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले जेठ ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जेठ ७ गतेसम्म नेप्से कारोबारमा कायम सेयरधनीहरु मात्रै सभामा भाग लिन योग्य हुने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्