काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार सुन प्रतितोला ५०० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँमा किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस्