Skip to content
Shikhar Insurance
National Life

माभोरियन सिस्टम्सलाई ‘राष्ट्रिय सूचना प्रविधि पुरस्कार-२०८२’ प्रदान

Hyundai
NCELL
NIMB

काठमाडौं । आईटी कम्पनी माभोरियन सिस्टम्स प्रालिलाई ‘राष्ट्रिय सूचना प्रविधि दिवस पुरस्कार २०८२’ प्रदान गरिएको छ । शुक्रबार राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा माभोरियन सिस्टम्सलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘राष्ट्रिय सूचना प्रविधि पुरस्कार २०८२’ प्रदान गरेको हो ।

सम्मान प्राप्त गरेपछि कर्मचारीहरू, स्वास्थ्य सेवा साझेदारहरू र ग्राहकहरूलाई निरन्तरको विश्वास र सहकार्यको लागि धन्यवाद ज्ञापन गर्दै माभोरियन सिस्टम्सले आगामी दिनहरूमा पनि नवीन र दिगो सूचना प्रविधि समाधानहरू विकास गर्दै स्वास्थ्य सेवा प्रदान गर्ने र सञ्चालनमा सुधार ल्याउने प्रतिबद्धता जनाएको छ ।

नेपालको स्वास्थ्य प्रणालीको डिजिटल रूपान्तरणमा पुर्‍याएको महत्त्वपूर्ण योगदानको कदरस्वरूप माभोरियनलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

सन् २०१६ मा स्थापना भएको माभोरियन सिस्टम्स नेपालको अग्रणी सफ्टवेयर विकास कम्पनी हो, जसले विशेष गरी हस्पिटल म्यानेजमेन्ट इन्फरमेसन सिस्टम र इलेक्ट्रोनिक मेडिकल रेकर्डमा विशेषज्ञता हासिल गरेको छ ।

स्वास्थ्य प्रणालीलाई डिजिटलाएइज गर्ने कम्पनीको प्रमुख उत्पादन डल्फिनमा प्रशासनिक, क्लिनिकल र सञ्चालन सम्बन्धी कार्यहरूलाई एकीकृत गर्दै फार्मेसी र प्रयोगशाला व्यवस्थापन, विरामी रेकर्ड र स्वास्थ्य बीमा दाबी प्रक्रिया गर्ने सुविधा समावेश छन् ।

डल्फिनले नेपालको स्वास्थ्य सेवाहरूलाई डिजिटल बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ, जसले ५० लाखभन्दा बढी बिरामीहरूलाई सेवा प्रदान गरेको छ र १० करोडभन्दा बढी क्लिनिकल रेकर्डहरू व्यवस्थापन गरेको छ । यो प्रणाली नर्भिक इन्टरनेशनल, भरतपुर हस्पिटल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाजस्ता प्रतिष्ठित स्वास्थ्य संस्थाहरूमा प्रयोग भइरहेको छ ।

नेपाल बाहेक, माभोरियन सिस्टम्सले युरोप, अमेरिका, र अष्ट्रेलियामा पनि आफ्ना सफ्टवेयर समाधानहरू प्रदान गर्दै आएको छ। कम्पनीको विशेषज्ञता सफ्टवेयर विकास, क्लाउड कम्प्युटिङ, डाटा सेन्टर, नेटवर्किङ, सुरक्षा र प्रणाली एकीकरणमा केन्द्रित छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्