Skip to content
Shikhar Insurance
National Life

निर्जीवन लघु बीमकको कुल बीमाशुल्क ६८ करोड माथि, कुनको कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । निर्जीवन लघु बीमकले चालु आवको तेस्रो त्रैमाससम्ममा करिब पौने ६९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । सञ्चालनमा रहेका चारवटा निर्जीवन लघु बीमकले ९ महिनामा ६८ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

चैत मसान्तसम्ममा सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ । कम्पनीले १९ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । दोस्रो धेरै कुल बीमाशुल्क संकलन गर्नेमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ । ९ महिनामा कम्पनीले १७ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै, स्टार माइक्रो इन्स्योरेन्सले १६ करोड ३२ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले १५ करोड ४० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्