Skip to content
Shikhar Insurance
National Life

निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क ३२ अर्बमाथि, कुनको कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमाससम्ममा कुल ३२ अर्ब बढी बीमाशुल्क संकलन गरेका छन् । हाल सञ्चालनमा रहेको कम्पनीहरुले यस अवधिसम्ममा ३२ अर्ब १२ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिसम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ४ अर्ब ३४ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । त्यसैगरी, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ३ अर्ब ७३ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ ।

तेस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीले ३ अर्ब १० करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ ।

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब ७८ करोड रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ७३ करोड रुपैयाँ, नेको इनस्योरेन्सले २ अर्ब ४७ करोड रुपैयाँ, दि ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब १५ करोड रुपैयाँ कुल बीमाशुलक आर्जन गरेका छन् ।

त्यसैगरी, एनएलजी इन्स्योेरेन्सले २ अर्ब १३ करोड रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सले १ अर्ब ९२ करोड रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ८५ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ५५ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ३० करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १३ करोडा रुपैयाँ र नेशनल इन्स्योरेन्सले ८७ करोेड रुपैयाँ कुल बीमा शुल्का आर्जन गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्