काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.४४ अंकले घटेर २६२०.३९ मा पुगेको हो ।
आइतबार ३२२ कम्पनीको २ करोड १९ लाख ५ हजार ३ सय ११ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २४ करोड ५५ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार सानिमा माई हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६० करोड ४८ लाख ६६ हजार ९६ रुपैयाँको कारोबार गरेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ सय ८३ रुपैयाँ १० पैसा रहेको छ ।
आइतबार ११७ कम्पनीको सेयर मूल्य बढ्दा १२८ कम्पनीको सेयर मूल्य घटेको छ । साथै, आइतबार ३ कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेको छ भने वीन नेपाल लघुवित्तको सेयरमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्