Skip to content
Shikhar Insurance
National Life

१०.४९ प्रतिशतले बढ्यो आइएमई लाइफको खुद नाफा, कुल बीमाशुल्क कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आवको चैत मसान्तसम्ममा कम्पनीले ३६ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १०.४९ प्रतिशत बढी हो । गत आवको सोेही अवधिमा कम्पनीले ३३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ७३ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब २९ करोड १५ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो । गत आवको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १३ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिसम्ममा कम्पनीको सेयर पुँजी ५ अर्ब रुपैयाँ, रिटेन्ड अर्निङमा ४२ करोड ५६ लाख रुपैयाँ, महाविपत्ती कोषमा २२ करोड ९८ लाख रुपैयाँ र अन्य इक्विटीमा ४५ करोड ४२ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, कम्पनीको इपीएस ९ रुपैयाँ ७७ पैसा, पीई रेसियो ४७.३३, प्रतिसेयर नेटवर्थ १३२.६७ रुपैयाँ रहेको विवरणले देखाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्