काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बिमा सेवालाई सर्वसुलभ र भरपर्दो बनाइने बताएका छन् । राष्ट्रपति पौडेलले शुक्रबार आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
त्यस्तै, सरकारले भौतिक सम्पत्ति बीमा प्रवर्धन गर्दै बीमा सूचना केन्द्र कार्यान्वयनमा ल्याइने र ग्रामीण तथा निम्न आय वर्गलाई बीमामा समेट्न बीमा साक्षरता कार्यक्रम सञ्चालन गरिने समेत राष्ट्रपति पौडेलले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्