Shikhar Insurance
National Life

कर नबुझाउनेको घर र अफिसमै गएर माइकिङ गर्दै महानगर, यी हुन् सम्पत्ति कर नतिर्नेहरू

सिंहदरबार संवाददाता
२०७८ श्रावण १३, बुधबार २०:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । महानगरलाई घरजग्गा र सम्पत्ति कर नबुझाउने २० ठूला करदाताको कार्यस्थलमा राजस्व विभागले आजदेखि माइकिङ सुरु गरेको छ । माइकिङसँगै गत असार १६ गते कर तिर्न आउनका लागि ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो ।

माइकिङ्सँगै तोकिएको अवधिका कर तिर्न नआए त्यसपछि घर, पसल र व्यवसायमा ‘सिल’ गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने सम्बन्धी सूचना टाँस गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“यसअघि हामीले उहाँहरूलाई सम्पर्कमा ल्याउन धेरै प्रयास गर्‍यौँ । तर, उहाँहरूले विवरणसम्म पनि बुझाउनु भएन । राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारी भन्छन, ‘‘पहिलो चरणमा हामीले नाम सार्वजनिक गरेका २० करदातामध्ये आजसम्ममा वडा ११ को एन.आर.टी. क्लब, वडा १३ को काठमाडौँ इन्जिनियरिङ् कलेज, वडा ४ का देवेन्द्र श्रेष्ठ सम्पर्कमा आएका छन् । बाँकीले सम्पर्क पनि गरेका छैनन् । यी करदाताले आफू सम्बन्धी विवरण नबुझाएका कारण यकिन अङ्क भन्न कठिन छ । तर, हामीले करिब ७० करोड रुपैयाँ बढी राजस्व प्राप्त गर्ने अनुमान गरेका छौँ ।”

राजस्व अधिकृत प्रदीप कोइरालाको नेतृत्वमा नगर प्रहरीसहित गएको टोलीले आज वडा ११ को एनआरटी क्लव र युनाइटेड वर्ल्ड ट्रेड सेन्टर, वडा १२ का वाग्मती चेम्बर र बुद्धबारी कम्प्लेक्स र वडा १३ का काठमाडौँ इन्जिनियरिङ कलेज र नेपाल रेडक्रस सोसाइटीमा माइकिङ गर्ने र सूचना टाँस गरेको छ ।

महानगरलाई करको विवरणसम्म नबुझाउने अन्य करदातामा वडा १४ का आदर कम्प्लेक्स, कृषि सामाग्री संस्थान र एल.आर.आई स्कुल, वडा १५ को मनमोहन मेमोरियल कलेज एँड शिक्षण अस्पताल, वडा ३ का कान्तिपुर डेन्टल अस्पताल र चिरायु अस्पताल र वडा ४ का देवेन्द्र श्रेष्ठ छन् । यसैगरी वडा २२ को आरबी कम्प्लेक्स, वडा २४ को सुरज आर्केट, वडा २९ को शुभश्री को अपरेटिभ लिमिटेड, वडा २८ का काठमाडौँ प्लाजा र नेपाल शेयर मार्केट र वडा ३० का गोपालजी प्रपर्टिज प्रा. लि. र स्टार मल रहेका छन् ।

यी करदातालाई कर तिर्ने दिएको म्याद साउन १५ गते सकिँदैछ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्