Skip to content
Shikhar Insurance
National Life

९२ लाख ७७ हजार लागतमा पर्वतमा बन्यो लुङ्दीखोला सिँचाइ आयोजना

Hyundai
NCELL
NIMB

पर्वत । जलजला गाउँपालिका–७ धाइरिङमा सञ्चालित लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ आयोजना सम्पन्न भएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत ९२ लाख ७७ हजारको लागतमा आयोजना सम्पन्न भएको हो ।

उक्त कार्यालयका प्रमुख सागर भट्टराईका अनुसार आयोजना पूरा भएसँगै किसानका खेतबारीमा सिँचाइ सुविधा उपलब्ध भएको छ । आयोजनाबाट १७ हेक्टरमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ ।

चालु आर्थिक वर्षमा सञ्चालित ५० वटा सिँचाइ योजनामध्ये १० वटा यसै वर्ष सम्पन्न हुने उनले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्