काठमाडौं । बिहीबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएकोे छ । बिहिबार छापावाला सुन प्रतितोला ४ हजार ६०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको सुन प्रतितोला एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेर एक हजार ९१५ रुपैयाँमा किनबेच भएको छ । बुधबारको चाँदी एक हजार ९६५ रुपैयाँ खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्