काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ । बुधबार कम्पनीको कुल ६० लाख कित्ता सेयर सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारण समूहको १८ लाख र संस्थापक समूहको ४२ लाख कित्ता गरी कुल ६० लाख कित्ता सेयर सूचीकृत गरेको हो । कम्पनीको सेयर कारोबारका लागि नेप्सले न्यूनतम ९०.१७ रुपैयाँदेखि २७०.५१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।
कम्पनीको सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्