Skip to content
Shikhar Insurance
National Life

सुन खरिदका लागि सिफारिस दिँदा संघ तथा महासंघले शुल्क लिन नपाउने

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकबाट सुन खरिदका लागि सिफारिस दिँदा व्यवसायीसँग शुल्क लिन नपाउँने जनाएको छ ।

राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै संघ तथा महासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि सिफारिस दस्तुर वा शुल्क लिन नपाइने जनाएको हो ।

राष्ट्र बैंकले जारी गरेको सूचनामा लेखिएको छ, ‘सुन आयात तथा बिक्री वितरण सम्बन्धमा ‘सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८’ विद्यमान रहेको र उक्त कार्यविधिको दफा १४ मा व्यवस्था भएबमोजिम सुन व्यवसाय सम्बन्धी संघरमहासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क लिन नपाइने व्यवस्था रहेको हुँदा सुन खरिदको लागि सिफारिस प्रदान गर्ने संघरमहासंघ र सिफारिस लिने व्यवसायीले उक्त व्यवस्थाको पालना गर्नुरगराउनु हुन विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ दफा १४ ले दिएको अधिकार प्रयोग गरी यो सूचना प्रकाशन गरिएको छ ।’

सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ मा विद्यमान व्यवस्थाअनुसार सुन खरिद सिफारिसमा शुल्क लिन नपाइने व्यवस्था रहेको जानकारी गराउँदैराष्ट्र बैंकले उक्त व्यवस्था संघ, महासंघ र सिफारिस लिने व्यवसायीले पालना गर्न आग्रह समेत गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्