Skip to content
Shikhar Insurance
National Life

सेयर बजारमा दोहोरो अंकको गिरावट, ७ अर्ब ५७ करोड कारोबार

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.०८ अंकले घटेर २६३१.९८ मा पुगेको हो ।

मंगलबार ३११ कम्पनीको १ करोड ८४ लाख ९१ हजार ९ सय ४१ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड ५२ लाख ६ हजार बराबारको कारोबार भएको छ । मंगलबार सानिमा माई हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ८२ करोड ४३ लाख ७३ हजार बराबरको कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५ सय ७३ रुपैयाँ रहेको छ ।

मंगलबार ५७ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको सेयर मूल्य घटेको छ । साथै, मंगलबार नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो इन्स्योरेन्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने मध्ये भोटेकोशी जलविद्युत कम्पनीको सेयरमा ९.८८ प्रतिशत गिरावट आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्