Skip to content
Shikhar Insurance
National Life

सात कठ्ठा जग्गामा लौकाखेती गरेर एक याममै ४ लाखसम्म आम्दानी गर्दै इनरुवाका उराँव

Hyundai
NCELL
NIMB

इनरुवा । सुनसरीगढी गाउँपालिका–५ का अनुरुप उराँवले सात कठ्ठा जग्गामा लौकाखेती गरी एक याममा ४ लाखसम्म आम्दानी गर्दै आएका छन् । वार्षिक रु २० हजारमा अरुसँग सात कठ्ठा जग्गा भाडामा लिएर लौकाखेती गरेको बताउँदै उनले सात कठ्ठाका जग्गामा पाँच सय लहरा लौका रोपेको जानकारी दिए ।

ती बिरुवा रोप्दा रु ५० हजार लगानी भएको बताए । बीउ, खाद्यमल, पानी, खेती तयारीलगायत खेती र बारी व्यवस्थापनमा रु ५० हजार खर्च भएको भन्दै उनले एक याममा रु चार लाखसम्म आम्दनी हुने जानकारी दिए ।

युवा विदेश पलायन भइरहेको, केही ठगीमा परेको समाचार बाहिर आइरहेका बेला कम लगानीमा रु चार लाखसम्म आम्दानी हुने भन्दै उहाँले युवालाई स्वदेशमै स्वरोजगार बन्न आग्रह गरे । उराँवले भिरालो जग्गामा तीन महिनादेखि वर्षभरि फल्ने कदुखेतीबाट थोरै लगानीमा धेरै आम्दानी गर्न सफल भएको बताए ।

गाउँपालिका क्षेत्रमा पहिलो पटक भाडा जग्गामा लिएर लौकाखेती गरेको उनले बताए । लौका सुरुमा प्रतिगोटा रु ८० मा बिक्री गरेकामा अहिले रु २० देखि २५ मा बिक्री हुँदा पनि रु चार लाख आम्दानी भइरहेको उनले उल्लेख गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्