काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आवको चैत मसान्तसम्ममा कम्पनीले २ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ लाख १ हजार रुपैयाँ मात्र खुन नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको महाविपत्ति कोषमा २९ लाख ३५ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा १ करोड ९० लाख रुपैयाँ र अन्य इक्विटीमा ३२ लाख ५६ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, कम्पनीको जीवन बीमा कोषमा १२ करोड ५९ लाख रुपैयाँ, कुल बीमाशुल्क २० करोड ६७ लाख रुपैयाँ, खुद बीमाशुल्क १९ करोड ४८ लाख रुपैयाँ रहेको छ । ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको इपीएस ४.८८ रुपैयाँ, पीई रेसियो ५०७.९१ र प्रतिसेयर नेटवर्थ १०२.९३ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्