काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी एक हजार ९७० रुपैयाँ खरिदबिक्री भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्