Skip to content
Shikhar Insurance
National Life

माछापुच्छ्र्रे बैंक र सिबिएल मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

Hyundai
NCELL
NIMB

काठमाडौं । माछापुच्छ्रे बैंकले मलेसियास्थित सिबिएल मनी ट्रान्सफरसँग एक औपचारिक सम्झौता गरेको छ । बैंकले विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ सोे सम्झौता गरेको हो ।

रेमिट्यान्स सम्बन्धि उक्त सम्झौतापत्रमा सिबिएल मनी ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहम्मद सैदुर रहमान फराजी र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता पछि अब मलेसियामा रहेका नेपालीहरुले मलेसिया स्थित सि.बि.एल. मनी ट्रान्सफरका १५ वटा शाखा, र सि.बि.एल. मनी ट्रान्सफरको सिटी रेमिट एप बाट MBL REMIT गरि नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत नेपाल भरी सजिलै भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

साथै सि.बि.एल. मनी ट्रान्सफर र सिटी रेमिट एपबाट MBL REMIT गरि पठाइएको रेमिटेन्स नेपालका जुनसुकैै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था बैंकले मिलाएको छ । मलेसियामा रहेका नेपाली कामदारहरूको सुबिधाको लागि माछापुच्छ्रे बैंकले मलेसियाकै मोबाइल नम्बरमा माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप (MBL M-Smart) को सेवा पनि उपलब्ध गराएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्