Skip to content
Shikhar Insurance
National Life

सोमबार दुई माइक्रो इन्स्योरेन्स कम्पनीको सेयरमा सकारात्मक सर्किट

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.५३ अंकले घटेर २६४७.०७ मा पुगेको हो ।

सोमबार ३२७ कम्पनीको २ करोड ३६ लाख ८९ हजार ७१ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९१ करोड २८ लाख ४३ हजार ९ सय १९ रुपैयाँ बराबर कारोबार संकलन भएको छ ।

साथै, सोमबार नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो इन्स्योरेन्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज मध्य भोटेकोशी जलविद्युत कम्पनीको ७.६२ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको ६.९७ प्रतिशत, एनएमबी डिभेन्चरको ५.९१ प्रतिशत सहित ११९ कम्पनीको सेयर बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्