Skip to content
Shikhar Insurance
National Life

सिटिजन्स बैंकको भर्चुअल क्रेडिट कार्ड: ४५ दिन नि: शुल्क ब्याजदर सहित यस्ता छन् विशेषता

Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले नेपालको बैंकिङ सेक्टर मै पहिलो पटक ‘भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याइसकेको छ । बैंकले ग्राहकहरुलाई भुक्तानीमा सहज र सुरक्षित गर्नका लागि बैंकले नेपाल मै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको हो ।

सामान्यतया, भौतिक कार्ड हराउने, बिर्सने, चोरी हुने र कार्ड स्वीकार गर्ने स्थानहरु खोज्दै हिड्नु पर्ने लगायत सामान्यहरुलाई मध्यनजर गर्दै ग्राहकलाई थप सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले यो सेवा ल्याएको सिटिजन्स बैंकका क्रेडिट कार्ड प्रमुख समिर अधिकारीले बताए ।

प्रमुख अधिकारीले सिंहदरबार डटकमसँग भने, ‘क्रेडिट कार्ड ठूला सुपरमार्केट, ठूला पसल, सहरीभेगमा मात्रै उपयोग हुने हुन्छ, तर भर्चुअल क्रेडिट कार्ड ग्राहकहरुले जहाँ र जहिलेसुकै मोबाइल बैंकिङ एपमार्फत सजिलै प्रयोग गर्न सकिन्छ ।’

उनका अनुसार भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्दा सुरूआती ४५ दिनसम्म ब्याज लाग्ने छैन । भर्चुअल क्रेडिट कार्डको अधिकतम सीमा २० हजारदेखि २ लाख ५० हजार रूपैयाँ रहेको उनले जानकारी दिए ।

सिटिजन्स बैंकको मोबाइल बैंकिङबाटै भर्चुअल कार्डको प्रयोग गरिने भएकोले सिटिजन्स बैंकका खाता हुनुपर्ने उनले बताए । नयाँ खाता खोलेर पनि कार्डका लागि रिक्वेस्ट गर्न सकिने उनले जनकारी दिए ।

‘भर्चुअल क्रेडिट कार्डलाई अझै डिजिटलाइज गर्नको लागि बैंकसम्म आउनु नपर्ने, घरैबाटै आवेदन भर्न मिल्ने गरी मेकानिजमको विकास गर्दैछौँ । ठूला रकम ट्रान्जेक्सन गर्दा रिपेमेन्ट गर्नको लागि गाह्रो नहोस् भन्ने हिसावको इएमआइ फिचर पनि उपलब्ध गराउँदै छौँ’ उनले भने ।

सिटिजन्स बैंकको यो सेवा बैंकको १७ औँ वार्षिकोत्सवमा लन्च भएको हो । लन्चको एक वर्ष पूरा हुँदा यसको लोकप्रियता र ग्राहकको माग पनि बढ्दै गइरहेको बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्