Skip to content
Shikhar Insurance
National Life

धितोपत्र बोर्ड, राष्ट्रपति, राष्ट्रिय सभा अध्यक्षपछि गभर्नरले ढाल्दै सरकार, देउवालाई ६० बढि सासंदको भरोसा

Hyundai
NCELL
NIMB

काठमाडौं । नियुक्तिको विषयमा कुरा नमिल्दा धमाधम सरकार ढल्ने र बन्ने क्रम बढेको छ । २०७९ सालको निर्वाचन पछि ४ पटक सरकार पुन:गठन भैसकेको छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एकिकृत समाजवादी मिलेर चनाव लडेका थिए । तर नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले पहिले आफू प्रधानमन्त्री बन्ने बताएपछि देउवालाई धोका दिदै पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग मिलेर सरकार बनाएका थिए ।

सभामुख एमालेले पाएपछि राष्ट्रपति समेत एमालेले नै दाबी गरेको थियो । राष्ट्रपति एमालेलाई दिन नसकिने भन्दै प्रचण्डले नेपाली काँग्रेसलाई राष्ट्रपति दिदै पुन: सरकार बदले । राष्ट्रपति नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेललाई बनाएपछि राष्ट्रिय सभा अध्यक्षको विषयमा काँग्रेस र माओवादीबिच विवाद चर्कियो ।

यसपछि राष्ट्रिय सभा अध्यक्ष माओवादीले लिनेगरी पुन:एमालेसँग नै गठबन्धन भयो । एमालेसँग गठबन्धन भएको केहि महिनामै धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको विषयले एमाले माओवादीबिच दरार सृजना गर्यो । बोर्ड अध्यक्ष नियुक्तिमा पाँच अर्ब रुपैयाँको चलखेल बिचौलियाहरुले गरेको आरोपपछि कहिले काँग्रेस कहिले एमालेसँग मिलिरहेका माओवादी एक्लियो र सत्ताबाट बाहिरियो ।

काँग्रेस-एमाले मिलेर बनेको अहिलेको सरकारमा पनि नियुक्तिको विषयलाई लिएर चर्को विवाद सुरु भएको छ । अहिले अर्थमन्त्री र प्रधानमन्त्री नेकपा एमालेकै छन् । तर अर्थ मन्त्रालय मातहतको नियुक्तिहरुमा एमालेले काँग्रेसलाई सघाईरहेको छ । धितोपत्र बोर्ड अध्यक्ष, बीमा प्राधिकरण, नेपाल स्टक एक्सचेन्ज नेपाली काँग्रेस निकट व्यक्तिहरुले नियुक्ति लिइसकेका छन् । अहिले नेपाली काँग्रेसले नेपाल राष्ट्र बैंकको गभर्नर आफूलाई चाहिने भन्दै स्पष्ट अडान राखेको छ । तर एमाले भने अब सबै नियुक्ति नेपाली काँग्रेसलाई दिन नसकिने भन्दै विवाद गरेर बसिरहेको छ ।

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले राष्ट्र बैंक गभर्नर आफूले नपाए ‘सरकार आफ्नो बस’मा नभएको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिदै थाइल्याण्ड प्रस्थान गरेका छन् । सभापति देउवासहित सरकार फेरबदल गराउन केहि बिचौलियाहरु पनि थाइल्याण्ड पुगेको जानकारी एमालेले प्राप्त गरेपछि सरकार ढल्ने निष्कर्षमा एमाले नेताहरु पुगेका छन् ।

बुधबार (बैशाख ११ गते) युथ सेलिब्रेशनमा बोल्दै प्रधानम्त्री ओलीले एमाले कार्यकर्ताहरुलाई चुनावको तयारी गर्न भनेका छन् । उनले संसदमा संख्याको आधारमा सत्ता चलखेल आफूले गर्ने स्पष्ट बताएका छन् ।

उनले भनेका छन्, “कुनै भ्रममा नपर्नुस्, हामीले राष्ट्रियताको स्पष्ट अडान लिएको हुनाले विदेशका दलाल तत्वहरु नेकपा (एमाले)का विरुद्ध खनिएका छन् । यत्तिकै होइन, हाम्रो राष्ट्रवादी अडानका कारणले, दृष्टिकोणका कारणले र हाम्रो संघर्षका कारणले, हाम्रो जनपक्षीयताको कारणले, लोकतान्त्रिक अभ्यास, आचरण, दृष्टिकोण र देशलाई अगाडि बढाउने स्पष्ट नीतिका कारणले विभिन्न प्रकारका शक्तिहरु हामीसँग भयवीत भएका छन् र दिनैपिच्छे अनेक प्रकारका भ्रम फिजाउन खोजेका छन् ।”

उनले थपेका छन्, “म साथीहरुलाई आग्रह गर्न चाहन्छु, ढुक्कले मिसन, ०८४ मा लाग्नुस् । सरकार चलाउने, सरकारको नेतृत्व गर्ने, सरकारमा सहभागि हुने, जे गर्नु पर्छ यहाँ, अहिले संसदको बनावटअनुसार देशलाई ठीक ढंगले अगाडि बढाउन सकेसम्मका प्रयासहरु नेकपा (एमाले)ले गर्नेछ । त्यसकारण यस कुरामा चिन्ता नगर्नुस् । मिसन, ०८४ मा ध्यान दिनुस् । मिसन, ०८४ एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने मिसन हो ।”

देउवालाई अघि बढ्न काँग्रेस नेताहरुको दबाब

नेपाली काँग्रेसका दोस्रो तहका नेताहरु अहिले नै प्रधानमन्त्री बन्न शेर बहादुर देउवालाई दबाब दिइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ महिनापछि सत्ता छाड्नेमा शंका व्यक्त गर्दै अहिले प्रधानमन्त्री बन्ने उपर्युक्त समय भएको भन्दै दबाब बढाइरहेका छन् । काँग्रेसका एक नेताले भने, “प्रधानमन्त्री ओलीले अहिले दिनदिनै १५ महिनापछि प्रधानमन्त्री काँग्रेसलाई दिन्छौं, भनेर भनिरहेका छन् । तर उनलाई विस्वास गर्ने आधार छैन, यो देशमा कम्युनिष्टहरु कतिबेला मिल्छन् भन्ने कुनै टुङगो हुँदैन, यसमा सभापति देउवा स्पष्ट छन् ।”

थाइल्याण्ड भ्रमण पारिवारिक मात्रै नभएको ती नेताले दाबी गरे । ती नेताका अनुसार गभर्नर र सत्ता समिकरणको विषयमा पनि समापति देउवाले सम्भावित रणनिति बनाउनेछन् । काँग्रेसले नेतृत्व गर्ने अहिले उपयुक्त बेला भएको ती नेताको दाबी छ । ती नेताले थपे, “यदी हामीले एमालेलाई १५ महिना कुर्यौं भने माओवादी सहितका दलहरुले ओलीलाई थप प्रधानमन्त्री बन्न प्रस्ताव गर्नेछन्, यसको काउन्टर प्लानका लागि हामीले पुन: प्रचण्डलाई नै प्रधानमन्त्री बन्न अफर गर्नुपर्ने हुन्छ । यसरी नेपाली काँग्रेसले नेतृत्व नै नलिई समय घर्किन सक्छ । ”  ती नेताका अनुसार यदी २०८४ को चुनावमा कम्युनिष्टहरु एक भए भने नेपाली काँग्रेसलाई निक्कै असहज हुनेछ । यसरकारण २०८४ को चुनाव अघिसम्म कम्युनिष्टहरुलाई मिल्न नदिनु काँग्रेसको मुख्य उदेश्य हुन्छ ।

देउवालाई ६० सासंदको प्रतिबद्धता

सभापति देउवालाई तत्काल प्रधानमन्त्री बन्न ६० भन्दा बढि सासंदको प्रतिबद्धता प्राप्त भएको छ । नेकपा माओवादी, नेकपा समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका ६० भन्दा बढि सासंदले समर्थन गर्ने प्रतिबद्धता प्राप्त भएको छ । हाल नेकपा माओवादीसँग ३२ सिट,नेकपा एकिकृत समाजवादीसँग १०, रास्वपासँग २१ सिट छ । यी तीन दलको कुल संख्या ६३ हुन्छ । यसमा नेपाली काँग्रेसको ८७ सिट मिलाउँदा १५० सिट पुग्छ ।

सरकार गठनका लागि १३८ सिट भए पुग्छ । स्रोतका अनुसार नेपाली काँग्रेसलाई तीनै दलको प्रतिबद्धता प्राप्त भैसकेको छ । सिंहदबारसँग कुरा गर्दै उच्च स्रोतले भन्यो, “प्रचण्ड जसरी भएपनि प्रधानमन्त्री ओलीलाई सरकारबाट निकाल्ने योजनामा छन्, यसमा समाजवादीको पनि समर्थन छ, रवि लामिछानेलाई जोगाउने प्रतिबद्धता काँग्रेसले दिए देउवालाई प्रधानमन्त्री बनाउन रास्वपाले सहयोग गर्नेछ ।”

पछिल्लो समय रास्वपासँग काँग्रेसको सम्बन्ध सुधार हुँदै गएको छ । काँग्रेस र माओवादीका दोस्रो तहका नेताहरु निरन्तर संवादमा छन् ।

गभर्नर नियुक्तिमा प्रधानमन्त्री ओलीलाई देउवाको अन्तिम अल्टिमेटम, ‘नत्र सरकार हाम्रो बसमा छैन’

सोमबारको मन्त्रिपरिषद बैठकले पनि नियुक्त गर्न सकेन गभर्नर, अहिले सम्म के-के भयो चलखेल ?

GBIME

प्रतिक्रिया दिनुहोस्