Skip to content
Shikhar Insurance
National Life

संघ सरकार संघीय महत्त्वका आयोजना र कार्यक्रममा केन्द्रित हुन्छ : अर्थमन्त्री पौडेल

Hyundai
NCELL
NIMB

काडमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघ सरकार संघीय महत्त्वका आयोजना र कार्यक्रममा केन्द्रित हुनुपर्नेमा गम्भीर रहेको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा अर्थ समितिमा भएको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै यनले यस्तो बताएका हुन् ।

उनले सांसदहरुले संघले संघीय महत्त्वका आयोजना र कार्यक्रममा केन्द्रित हुनुपर्छ भन्नेकुरामा जोड दिनुभएको र त्यसमा सरकार गम्भीर रहेको बताए । उनले तीन तहको सरकारको प्रवन्ध गरिएको र तीन तहको सरकारको अधिकारको सूचि र त्यसमा साझा सूचिहरु पनि निर्धारण गरिएको उल्लेख गर्दै संस्थागत गरिएको प्रवन्ध अनुशरण गर्न केही कठिन भएको जानकारी दिए । उनले संविधानअनुरुप अभ्यस्त हुन केही समय लागेको भएपनि अब समय नलाग्ने बताए ।

उपप्रधानमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बनेटबाट सांसदहरुले महत्त्वपूर्ण सुझाव दिनुभएको र सुझावहरुलाई समेटेर बजेट निर्माण गर्ने प्रतिवद्धता जनाए । परिस्थिति असहज भएकाले बजेट निर्माण गर्दा बजेटको साइज, विनियोजन कौशलता र कार्यान्वयनको सुनिश्चितताका साथै प्राथमिकतका निर्धारण गर्ने क्रममा छलफलको विषय बनाएर अघि बढ्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्