काठमाडौं । प्रधानमन्त्री केपी ओली शर्माले उर्जा राज्यमन्त्री पुर्ण बहादुर तामाङलाई बर्खास्त गरेका छन् । सरकार विरोधी गतिविधि गरेको भन्दै प्रधानमन्त्री ओलीले तामाङलाई बर्खास्त गरेका हुन् ।
तत्कालिन विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा लागेर राज्यमन्त्री तामाङले मन्त्री दिपक खड्कालाई असहयोग गरेका थिए । राज्यमन्त्री तामाङले उर्जा सचिव सुरेश आचार्यलाई समेत स्पष्टिकरण सोधेका थिए । तर उनको जवाफ सचिव आचार्यले दिन मानेन् ।
राज्यमन्त्री तामाङलाई पार्टीभित्रैबाट राजिनामा दिन दबाब दिएको थियो । तर उनले राजिनामा दिन अस्वीकार गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्