काठमाडौं । बुधबार सुनको भाउमा भारी गिरावट आएको छ । सुन एकैदिन प्रतितोला ७ हजार ५ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको मूल्यमा आज भारी मूल्यले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ पनि सामान्य घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेको हो । यससँगै चाँदी १९ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ भने अघिल्लो दिन चाँदी प्रतितोला १९ सय ७० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्