Skip to content
Shikhar Insurance
National Life

‘शेर बहादुर देउवा सरकार ढाल्न बैंकक गएका होइनन्’-प्रधानमन्त्री ओली

Hyundai
NCELL
NIMB

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा सरकार ढाल्न बैंकक गएको भन्ने कुरा निराधार भएको बताएका छन् । स्वास्थ्य उपचारका लागि बैंकक जादाँ पनि सरकार परिवर्तनको विषयलाई जोडेर हेर्नु दखद् भएको प्रधानमन्त्री ओलीले बताएका हुन् ।

ओलीले देउवा स्वास्थ्य परीक्षणका लागि बैँकक गएको सन्दर्भलाई पनि सरकार ढल्छ भन्ने खालका हल्लासँग जोड्न खोजिएको टिप्पणी गर्दै एमाले र काँग्रेससँगको सहमतिबमोजिम १५ महिनापछि आफूले सभापति देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने बाचा गरे ।

नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बैल्दै मन्त्री भट्टराईको राजीनामालाई प्रधानन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएका असन्तुष्टि जनाए । उनले भने, “उहाँ मैले बनाएको मन्त्री हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको दाबी ओलीले गरेका छन् । उनले थपे, “मैले काम लगाइरहेको छु । सहयोग गरिरहेको छु । सिकाइराखेको छु । ठूलो मन्त्रालय छ, अहिले स्वास्थ्य ठिक भएन भनेर राजीनामा दिनुभएको हो । यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन ।”

GBIME

प्रतिक्रिया दिनुहोस्