Skip to content
Shikhar Insurance
National Life

नयाँ वर्षमा रियलमी र एनसेलको सहकार्य : रियलमी सी ७५ किन्दा डाटा र नि: शुल्क टक टाइम

Hyundai
NCELL
NIMB

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले एनसेलसँग मिलेर ‘न्यु यियर, न्यु मी विद एनसेल एण्ड रियलमी’ नामक विशेष योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत प्रयोगकर्ताले एनसेलको ७ दिनको अनलिमिटेड डाटा भौचरसँगै ५० मिनेटको टक टाइम पनि नि:शुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ । फोर जी र भोल्टेको सुविधा उपयोग गर्न चाहनेहरूका लागि यो एक उपयुक्त सुरुवात हो ।

नयाँ रियलमी सी७५ दुई वटा स्टोरेज भेरिएन्टमा उपलब्ध छ-८+१२८ जिबिको लागि मूल्य २६ हजार ९९९ र ८+२५६ जिबिको लागि २९ हजार ९९९ रहेको छ । फोनमा ६००० एमएएचको शक्तिशाली ब्याट्री भएकोले दिनभरि आरामसँग चलाउन सकिन्छ ।

साथै, आइपी ६९ धुलो र पानी प्रतिरोधी भएकाले फोन पानी, धुलो र झट्काबाट सुरक्षित हुन्छ — वाटर प्रुफ, वोरी प्रुफ र ड्रप प्रुफ भनेर ल्याइएको यो फोन वास्तवमै एक उपयुक्त रोजाइ हो । यो अफर सीमित अवधिका लागि देशभरका रियलमीको आधिकारिक स्टोरमार्फत सीमित अवधिका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्