काठमाडौं । पोखरा र भैरहवा विमानस्थल निर्माणको क्रममा आफूले एक पैसा पनि घुस नखाएको पुर्व संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले बताएका छन् । भट्टराईले २०७६ साउन १५ गतेदेखी २०७७ पौष ५ गते मन्त्री बन्दा घुस नखाई काम गरेको बताएका हुन् ।
सामाजिक संजाल फेसबुकमा नेता भट्टराईले भनेका छन्, “म २०७६ साउन १५ गतेदेखी २०७७ पौष ५ गतेसम्म संस्कृति, पर्यटन तथा नगारिक मन्त्रीको जिम्मेवारीमा रहेको हो । उक्त समयमा पोखरा र भैरहवा विमानस्थल बारेमा मेरो हस्ताक्षरमा कुनै निर्णयले राज्यलाई कुनै नोक्सानी भएको भए प्रमाण सहित सार्वजनिक गर्न मेरा विरुद्ध प्रायोजित समाचार उत्पादन गर्ने कारखानालाई चुनौती छ ।
सत्ता र पदको दुरुपयोग गरेर भ्रष्टाचार र बेथितीको दलदलमा जाकीएकाहरु काँक्रा आफू खाने र बियाँ अर्काको निधारमा टाँस्न कती खप्पीस छन भन्ने मैले राम्ररी बुझेको छु। मीडिया ट्रायल गरेर उम्कन सकिंन्छ भनेर ढुक्क नभए हुन्छ ।
मलाई औला उठाउनेहरू नै पर्नेवाला छन । Document मसंग छ ।आवश्यक परे सार्वजनिक गरौला ।” संसदको सार्वजनिक लेखा समितले दुई विमानस्थल निर्माणका क्रममा १० अर्ब बढी भ्रष्टाचार भएको भन्दै प्रतिवेदन तयार गरेको थियो । सो प्रतिवेदनमा योगेश भट्टराईलाई पनि कारबाही गर्नुपर्ने माग उठेपछि उनले स्पष्टिकरण दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्