Skip to content
Shikhar Insurance
National Life

६ करोड ८० हजार लगानीमा शुक्लाफाँटामा बन्यो खानेपानी आयोजना

Hyundai
NCELL
NIMB

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–२ ढकनियाँमा ६ करोड ८० हजारको लागतमा खानेपानी आयोजना निर्माण गरिएको छ । उक्त आयोजना निर्माण भएपछि सो वडाका पाँच सय १० परिवार लाभान्वित भएका छन् ।

सङ्घीय सरकार र नगरपालिकाको ५०र५० प्रतिशत लागतमा खानेपानी आयोजना निर्माण गरिएको हो । नगरपालिकाको पूर्वाधार विकास तथा व्यवस्थापन शाखाका प्रमुख दीपक धामीका अनुसार उक्त आयोजनाअन्तरगत बोरिङ ड्रिल, दुई सय २५ घन मिटरको ट्याङ्की, पाँच सय १० परिवारको घरमा धारा जडान, २२ किलोमिटर पाइपलाइन विच्छ्याउनेलगायत कार्य पूरा भएको छ ।

उक्त खानेपानी आयोजना निर्माण गर्न ‘उच्चकोटी ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनी’सँग २०८० वैशाखमा सम्झौता भएको हो । सम्झौता अनुसार २०८१ फागुनसम्म सो आयोजना निर्माण सम्पन्न गर्ने तय गरिएको थियो । सो वडाका ढकनियाँ, रानीपुर, लक्ष्मीपुरलगायत गाउँका बासिन्दाको घर घरमा खानेपानीका धारा जडान गरिएका प्रमुख धामीले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्