Shikhar Insurance
National Life

सेयर बजारमा फेरि रचियो इतिहास, नेप्से हालसम्मकै उच्च बिन्दुमा

सिंहदरबार संवाददाता
२०७८ श्रावण १२, मंगलवार १५:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार २९.२३ अंकले बढेर सेयर बजारले इतिहास कायम गरेको हो ।

यसअघि आइतबार नेप्से ३०५८ अंकमा पुगेको थियो । सोमबार करेक्सन आएर बजारले फेरि नयाँ उचाइ कायम गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज नेप्से ०.९६ प्रतिशतले बढेर ३०७९.६६ अंकमा पुगेको छ ।

नेप्से परिसूचकले नयाँ इतिहास कायम गर्दा बजारमा १५ अर्ब रूपैयाँभन्दा बढीको सेयर किनबेच भएका छन् । कुल २ सय २४ स्क्रिप्टका ३ करोड २३ लाख कित्ता सेयर १५ अर्ब १७ करोडमा किनेबच भएका हुन् ।

कारोबारमा आएका १ सय १० कम्पनीको मूल्य बढेका छन् भने ६७ वटाको घटेका छन् । बैंक, होटल, लघुवित्त र इन्भेस्टमेन्ट समूहमा गिरावट आएपनि अन्य क्षेत्रमा सुधार देखिएका छन् ।

कारोबारमा आएका ६ कम्पनीको मूल्य १० प्रतिशतले तथा थप ८ वटाको करिब १० प्रतिशतले बढेका छन् । कुनै कम्पनीको मूल्य ६ प्रतिशत बढीले घटेका छैनन् ।

बजारमा सबैभन्दा बढी कारोबार एनआईसी एशिया बैंकको भएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्