Skip to content
Shikhar Insurance
National Life

२० वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा ३६ अर्ब ७७ करोड, कुन बैंकले कति बाड्न सक्छन् लाभांश ?

Hyundai
NCELL
NIMB

काठमाडौं । २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । समीक्षा अवधिसम्म सञ्चालनमा रहेका बैंकहरुको कुल वितरणयोग्य नाफा ३६ अर्ब ७७ करोड ६३ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७ बैंकहरुको वितरणयोग्य नाफा घटेको छ भने १३ वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा बढेको छ । बढेका १३ कम्पनीहरुको वितरणयोग्या नाफा ३६ अर्ब ७७ करोड ६३ लाख रुपैयाँ रहेको छ भने ७ बैंकहरुको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ ।

वितरणयोग्य नाफा घट्नेमा ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक र नेपाल बैंक रहेको छ भने बढ्नेमा कृषि विकास बैंक, सिटिजन्स बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, कुमारी बैंक, नबिल बैंक, एनआइसी एशिया बैंक, एनएमबी बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक रहेको छ ।

चालु आवको तेस्रो त्रैमासिक अवधिमा सबैभन्दा धेरै वितरणयोग्य नाफा हिमालयन बैंकको रहेको छ । बैंकको वितरणयोग्य नाफा ७ अर्ब ३६ करोड ३४ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा तुलनमाा बैंकको वितरणयोग्य नाफा बढेको हो ।

सबैभन्दा धेरै वितरणयोग्य नाफा रहेको बैंकहरुमध्ये दोस्रो नम्बरमा कुमारी बैंक रहेको छ । बैंकको वितरणयोग्य नाफा ६ अर्ब ५० करोड ३ लाख रुपैयाँ रहेको छ । त्यस्तै, कृषि विकास बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड १० लाख रुपैयाँ, सिटिजन्स बैंकको १६ करोड २६ लाख २१ हजार रुपैयाँ, एभरेष्ट बैंकको ३ अर्ब ६७ करोड ८७ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको ३ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी, चालु आवको तेस्रो त्रैमासमा लक्ष्मी सनराइज बैंकको वितरणयोग्य नाफा ७७ करोड २७ लाख रुपैयाँ, नबिल बैंकको २ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको ३ अर्ब ५६ करोड ९२ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ अर्ब १० करोड ४१ लख रुपैयाँ, एनएमबी बैंकको १ अर्ब ३१ करोड १९ लाख रुपैयाँ र प्राइम कमर्सियल बैंकको १ अर्ब ७३ करोड २३ लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी, प्रभु बैंकको ३ अर्ब ४० करोड २० लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब २ करोड २ लाख रुपैयाँ, सानिमा बैंकको २ अर्ब १९ करोड ८५ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकको १ अर्ब ५ करोड १५ लाख रुपैयाँ, सिद्धार्थ बैंकको १८ करोड ८४ लाख रुपैयाँ, स्टान्डर्ड चार्टर्ड बैंकको १ अर्ब ४७ करोड १६ लाख रुपैयाँ माछापुच्छ्रे बैंकको ७ करोड ७ लाख रुपैयाँ र नेपाल बैंकको ३० करोड ६२ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्