Skip to content
Shikhar Insurance
National Life

सानिमाको आईपीओ साउन २० देखि, कति भर्ने, कति पर्ला ?

Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आउने भएको छ । कम्पनीले एक सय रुपैयाँ मूल्य अंकित ६० लाख कित्ता बराबरको ६० करोड रुपैयाँको आईपीओ जारी गर्न लागेको हो ।

कुल निष्काशनको ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ।

बाँकी ५४ लाख कित्ता शेयरका लागि भने सर्वसाधारणले आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने आईपीओमा छिटोमा साउन २४ र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन पाइन्छ ।

प्रभु क्यापिटल लिमिटेड रहेको छआईपीओमा सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सकिन्छ ।

आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ।

GBIME

प्रतिक्रिया दिनुहोस्