Skip to content
Shikhar Insurance
National Life

२०८२ लाई सेयर बजारको न्यानो स्वागत, ५२ अंकले बढ्यो बजार

Hyundai
NCELL
NIMB

काठमाडौं । नयाँ वर्ष २०८२ साललाई नेपाली सेयर बजारले न्यानो स्वागत गरेको छ । नयाँ वर्ष सुरु भएसंगै बजार निरन्तर बढेर २७२२.७३ बिन्दुमा पुगेको छ । नयाँ वर्ष २०८२ को सुरु बाटै सेयर बजारले लय समाउँदा लगानीकर्ताहरु उत्साहित भएका छन् ।

अघिल्लो हप्ता ३२.६९ अंकले घटेको बजार यो साता भने ५२.०३ अंकले २७२२.७३ को बिन्दुमा पुगेको छ । ७ करोड ५४ लाख १५ हजार ६ सय ३८ कित्ता सेयर किनबेच भएको यो साता ३२ अर्ब ८८ करोड ७१ लाख ३९ हजार ६ सय ५६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तो छ साताको सेयर बजार :

साताको पहिलो कारोबार दिन आइतबार अर्थात् चैत ३१ गते सेयर बजार ८.६२ अंकले घटेर २६६२.०८ को बिन्दुमा पुगेर बजार बन्द भएको थियो ।

आइतबार ३ सय २२ कम्पनीको १ करोड ३१ लाख ८९ हजार ३ सय २८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड २ लाख ९६ हजार २ सय ४५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सो दिन ८८ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ५७ कम्पनीको सेयर मूल्य घटेको थियो भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो ।

साथै, आइतबार २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो भने ३ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको थियो ।

साताको दोस्रो कारोबार दिन अर्थात् वैशाख २ गते मंगलबार सेयर बजार २७.१४ अंकले बढेर २६८९.२२ को बिन्दुमा पुगेर बजार बन्द भएको थियो ।

मंगलबार ३ सय २० कम्पनीको २ करोड १८ लाख ४१ हजार ४७ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार ८ सय ८७ रुपैयाँ बराबरको कारोबार भएको थियो । सो दिन २ सय १२ कम्पनीको सेयर मूल्य बढ्दा २४ कम्पनीको सेयर मूल्य घटेको थियो ।

साथै, मंगलबार ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियाे भने  बलेफी हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको थियाे ।

साताको चौथो कारोबार दिन अर्थात वैशाख ३ गते सेयर बजार ७.१ अंकले बढेर २६९६.२३ को बिन्दुमा पुगेर बजार बन्द भएको थियो ।

बुधबार ३ सय २९ कम्पनीको १ करोड ६६ लाख ११ हजार ५ सय ३२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब २६ करोड ५१ लाख २२ हजार २ सय ४१ रुपैयाँ बराबरको कारोबार भएको थियाे ।

बुधबार १ सय ४७ कम्पनीको सेयर मूल्य बढ्दा ९७ कम्पनीको सेयर मूल्य घटेको थियो भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो ।

साथै, बुधबार ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो भने गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ६.८१ प्रतिशतले मूल्य घटेको थियो ।

साताको अन्तिम कारोबरा दिन अर्थात् वैशाख ४ गते सेयर बजार २६.४९ अंकले बढेर २७२२.७३ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

बिहीबार ३ सय ११ कम्पनीको २ करोड ३७ लाख ७३ हजार ७ सय ३१ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार २ सय ८२ रुपैयाँ बराबर संकलन भएको छ । सो दिन १८७ कम्पनीको सेयर मूल्य बढ्दा ५९ कम्पनीको सेयर मूल्य घटेको छ ।

साथै, बिहीबार २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ४।७९ प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्