काठमाडौं । मध्यम आकारको मोटरसाइकल (२५० सीसी-७५० सीसी) क्षमताका बाइक उत्पादनमा विश्व्यापी रूपमा अग्रणी रोयल इनफिल्डले क्लासिक ३५० मोडल नेपालमा सार्वजनिक गरेको छ । पुरानो आकर्षणलाई कायम गर्दै शैली र गुणमा आधुनिक सुधारसहित क्लासिक ३५० सार्वजनिक गरिएको हो ।
रोयल इन्फिल्ड सिकेडीमा उत्पादित यो मोटरसाइकल अब देशभरका ग्राहकको पहुँचमा पुऱ्याइने कम्पनीले जनाएको छ । यसको सुरूवाती भेरियन्टको मुल्य ५ लाख ५५ हजार तोकिएको छ । सुरूवाती भेरियन्टमै कम्पनीले डुअल च्यानल एबीएस सहित प्रिमियम एलईडी हेडल्याम्प एलईडी पाइलटल्याम्प पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
यस्तै, त्यसमा टाइप सी युएसबी चार्जर हुनेछ भने गियर सुचक जनाउने गियर इन्डिकेटर पनि हुनेछ । आधुनिक सुविधा सहित अतुलनीय मुल्यमा रोयल इन्फिल्ड उपलब्ध हुने भएको हो । कम्पनीका अनुसार अबदेखि नेपालमा क्लासिक सबै भेरियन्टमा एबीएस उपलब्ध हुनेछ ।
न्यू क्लासिक ३५० सातवटा आकर्षक रङमा उपलब्ध हुनेछ । पाँच भेरियन्टका वाइकहरू हेरिटेज, हेरिटेज प्रिमिय, सिग्नल्स, क्लासिक डार्क र क्लासिक क्रोममा उपलब्ध हुनेछन् । प्रत्येक भेरियन्टमा आधुनिक इन्जिनियरिङसँगै आकर्षक डिजाइन रहेको कम्पनीले जनाएकोे छ ।
दशकौँदेखि रोयल इनफिल्ड आकर्षक शिल्प, बलियो स्वरूप र शक्तिशाली प्रदर्शनको प्रतीकको रूपमा उभिएको छ । सन् १९५० देखि चलिरहेको क्लासिकले विशुद्ध मोटरसाइक्लिङ् अनुभवलाई प्रतिनिधित्व गर्दै आएको छ ।
क्लासिक ३५० सार्वजनिक गर्दै कम्पीनका प्रमुख वाणिज्य अधिकृत यदविन्दर सिंह गुलेरियाले भने, ‘नेपाली बजार हाम्रा लागि सधैँ विशेष रहँदै आएको छ । सिकेडी सञ्चालनको दुई वर्षमा नै बजारबाट रोयल इनफिल्ड मोटोरसाइकप्रति ग्राहकहरूले दर्शाएको मायाबाट हामी निकै हर्षित र कृतज्ञ छौ । ग्राहकहरूसँग प्रगाढ सम्बन्ध र माया गाँस्न पाउँदा हामी निकै गौरवान्वित छौं । मध्यम तौल मोटरसाइकलका १० मध्ये ८ पारखीहरूले रोयल इन्फिल्डलाई विश्वास गरिरहनुभएको छ । यसले हामीलाई हाम्रा उत्पादनमा सुधार र निखारता ल्याउनका निम्ति प्रेरित गरिरहेको छ । ग्राहकहरूले हामीलाई जति माया दर्शाउनुहुन्छ, उत्तिनै हामी पनि ग्राहकका राईड अनुभवलाई सहज बनाउने काममा अग्रसर हुनेछौं । ग्राहकहरूसँग नवीन नाता गाँस्नका लागि हामी हाम्रो सञ्जाललाई पनि विस्तार गर्न पाउँदा असाध्यै खुशी छौं । नयाँ क्लासिक ३५० को कलात्मक डिजाइन, समृद्ध इन्जिनियरङले यसलाई अझै सुन्दर बनाएको छ । हाम्रो नयाँ उत्पादनले नयाँ पुस्ताको विशुद्ध मोटरसाइक्लिङ अनुभवलाई थप रोमाञ्चित बनाउने विश्वास हामीले लिएका छौं ।’
मूल्य सूची
हेरिटिज सिरिज: हेरिटिज सिरिज मद्रास रेड र जोदपुर ब्लुमा उपलब्ध छ । यो डिजाइन रोयल इन्फिल्डको सांस्कृतिक स्वरूपबाट प्रेरित छ । मेटालिक फ्लेक फिनिस र गोल्डेन पिनस्ट्रिपिङ्ले यसलाई भिन्टेज स्वरूप प्रदान गरेको कम्पनीले जनाएको छ । यसको मूल्य ५ लाख ५५ हजार रुपैयाँ रहेको छ ।
हेरिटेज प्रिमियम: यो भेरियन्ट मेडालियन ब्रोन्जमा उपलब्ध छ । यसले क्लासिकको वास्तविक स्वरूपलाई थप समृद्ध बनाएको छ । यसको मूल्य ५ लाख ६६ हजार रुपैयाँ रहेको कम्पनीले जनाएकोे छ ।
सिग्नल सिरिज: कमाण्डो स्यान्डमा रहेको सिग्नल सिरिजले रोयल इन्फिल्डको सशस्त्र बलसँगको ऐतिहासित सम्बन्धको सम्मान गर्छ । यो अध्यावधि स्वरूपले झनै सौन्दर्य बढाएको छ । जसको मूल्य ५ लाख ६६ हजार रुपैयाँ रहेको छ ।
डार्क सिरिज: खैरो र कालो मिश्रित रंगमा तामाको हल्का लेपनले यसलाई थप आकर्षक बनाएको छ । यसको मूल्य ५ लाख ७३ हजार रुपैयाँ रहेको छ ।
क्लासिक क्रोम: निख्खर हरियो स्वरूपमा उपलब्ध यस मोडलले भिन्टेज शैली र प्रिमियम स्वरूपको प्रतिनिधित्व गर्दछ, जस्को मूल्य ५ लाख ७९ हजार ९ सय रुपैयाँ रहेको छ ।
रोयल इन्फिल्डले सन् २०२३ देखि नेपालमा एक्सक्लुसिभ उत्पादन केन्द्र सिकेडी राखेको छ । त्रिवेणी समूहसँगको सहकार्यकमा सार्क क्षेत्रमा व्यापार अभिवृद्ध गर्ने उद्देश्य सहित नेपालप्रति कम्पनीको प्रतिवद्धताका लागि सिकेडी राखिएको हो । वीरगंजमा रहेको सिकेडिमा वार्षिक रूपमा २० हजार युनिट बाइक एसेम्बल हुन्छ ।
रोयल इनफिल्डका थप प्रिमियम मोडलमा वियर ६५०, क्लासिक ६५०, गुरिल्ला ४५० मोडर्न रोडस्टर, हन्टर ३५०, मेटीवर ३५०, सुपर मेटोर ६५०, इन्टरसेप्टर ६५०, कन्टिनेन्टल ६५० ट्वीन्स छन् । यस्तै, सटगन ६५०, द न्यु हिमालयन एडभेन्चर टुअर ४५०, स्क्राम ४४० एडीभी क्रसणभर, आइकोनिक बुलेट ३५०, क्लासिक ३५०, गोअन क्लासिक ३५० छन् ।
प्रतिक्रिया दिनुहोस्